काठमाडौं। सहरी विकास मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत वस्ती निर्माण गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको एकीकृत सन्थाल वस्ती निर्माणका लागि मन्त्रालयले 'मास्टर प्लान' तयार गरिसकेको छ।
यही फागुन १८ गते मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त वस्ती शिलान्यास गर्ने मन्त्रालयले जानकारी दिएको छ।
उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा सन्थाल एकीकृत वस्ती विकास गर्ने सम्पूर्ण तयारी भइसकेको मन्त्रालयले जनाएको छ। सन्थाल एकीकृत वस्ती विकास कार्यक्रमका लागि उक्त समुदायमा गएर गरिएको सर्वेक्षणअनुसार उक्त नगरपालिकामा एक सय छ परिवार सन्थाल र २६ परिवार उराव जातिको जग्गा नभएको र २७ परिवार सन्थाल जातिको घर बनाउन पुग्ने आफ्नै जग्गा भए पनि आफ्नो घर बनाउन नसक्ने स्थिति रहेको छ।
अहिले मन्त्रालयले रातोहोली खोल्सीको किनारमा २६ उराव र एक सय छ सन्थाल जातिका गरी कूल एक सय ३२ वटा घर निर्माण गर्न लागेको हो। पूरै वस्ती निर्माणका लागि ३० करोड रुपैयाँ रकम खर्च हुने जनाइएको छ।
मन्त्रालय मातहतको सघन सहरी तथा भवन निर्माण विभागका अनुसार रातोहोलीको उत्तर दक्षिण फैलिएको सात सय ८० मिटर लम्बाइभित्र पर्ने करिब ५२ हजार आठ सय २८ वर्गमिटर जग्गाबाट खोल्सीको बहाव रेहेको चौडाइ ११ मिटर, रातोहोलीको २७ मिटर चौडाइमा पर्ने २१ हजार ६० वर्गमिटर जग्गा छाडी बाँकी खोल्सी पूर्वको ३१ हजार सात सय ६८ वर्गमिटर जग्गामा सन्थाल एकीकृत वस्ती विकास गर्न लागिएको हो।
एकीकृत वस्ती विकास सन्बन्धी कार्यविधि २०७५ अनुसार नै सन्थाल वस्तीको निर्माण स्थानीय प्रविधि, सीप र सामग्री प्रयोग गरी प्रत्येक परिवारका लागि कम्तीमा दुई सयन कोठा, एक भान्साघर र एक शौचालयको व्यवस्था गरिने विभागले जनाएको छ। समग्र वस्तीका लागि भने आवश्यक पर्ने अन्य सामाजिक तथा आर्थिक पूर्वाधार अन्तर्गत सडक, खानेपानी, मनोरञ्जनस्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, सामुदायिक भवनलगायतको निर्माण गर्नेगरी मास्टर प्लान डिजाइन गरिएको हो।
मन्त्रालयले उर्लाबारीको सम्भावित चार वटा स्थानहरु रातोहोली खोल्सीको जग्गा, बक्राहा खोला किनारा रातोहोली पारीको क्षेत्र, मावा खोला किनारा क्षेत्र तथा नारी शिल्प केन्द्रको जग्गामध्ये रातोहोली खोल्सीको जग्गामा सो वस्ती निर्माण गर्ने निर्णय भएको थियो।
" /> काठमाडौं। सहरी विकास मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत वस्ती निर्माण गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको एकीकृत सन्थाल वस्ती निर्माणका लागि मन्त्रालयले 'मास्टर प्लान' तयार गरिसकेको छ।यही फागुन १८ गते मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त वस्ती शिलान्यास गर्ने मन्त्रालयले जानकारी दिएको छ।

">