बिमल, अञ्जनसहित चार फुटबलरले 'ए' डिभिजन लिग पनि खेल्न नपाउने

काठमाडाैं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज विमल घर्तीमगरसहित नेपाल राष्ट्रिय फुटबल टाेलीका चार खेलाडीमाथि प्रतिबन्ध लगाएको छ।

एन्फाकाे अनुशासन कमिटीले बिमल घर्तीमगर र दिनेश राजवंशीलाई दुई महीना तथा अन्जन बिष्ट र सन्तोष तामाङलाई ४५ दिन फुटबलका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको हाे।

'१३ डिसेम्बरबाट लागू हुने गरी बिमल घर्तिमगर र दिनेश राजवंशीलाई ६० तथा अन्जन बिष्ट र सन्तोष तामाङलाई ४५ दिनसम्मका लागि निलम्बन गरिएको छ,' एन्फाले भनेको छ, 'चारैजना खेलाडीले एन्फाको सम्बन्धन प्राप्त कुनै पनि फुटबलका गतिविधिमा संलग्न हुन पाउने छैनन्। साथै सबैलाई ५० हजार नगद जरिवाना गरिएको छ।'

विश्वकप छनोटअन्तर्गत कुवेतविरूद्ध खेल्नका लागि भुटान जाने अघिल्लो रात उनीहरू ठमेलकाे लाउन्ज बारमा गएपछि एन्फाले चारै खेलाडीलाई राष्ट्रिय टोलीबाट निस्काशन गरेको थियो। भुटानमा भएकाे खेलमा नेपाल कुवेतसँग १-० ले पराजित भएको थियो।

एन्फाकाे पछिल्लाे निर्णयसँगै चारैजना खेलाडीले २८ मंसीरबाट शुरू हुने शहीद स्मारक 'ए' डिभिजन लिग खेल्न नपाउने भएका छन्।

पढ्नुहाेस्ः

विमल, अञ्जनसहित राष्ट्रिय फुटबल टोलीका चार खेलाडी बर्खास्त

प्रतिक्रिया दिनुहोस्