काठमाडौं। म्यानमारमा सैनिक ‘कू’ विरुद्धको प्रदर्शनका क्रममा कम्तिमा पनि १८ जनाको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले म्यानमारमा सैनिक कूविरुद्धको प्रदर्शनका क्रममा भएको बल प्रयोग निकै घातक भएको जनाएको छ । प्रहरीले प्रदर्शनकारीमाथि आइतवार गोली चलाउँदा सो घटना भएको हो।
प्रहरीले गोली र अश्रुग्यास प्रहार गर्दा याङ्गुनलगायतका सहरमा प्रदर्शनकारी मारिएका हुन् । सुरक्षाकर्मीहरू प्रदर्शनविरुद्ध शनिवारदेखि कडा रूपमा प्रस्तुत हुन थालेका छन्।
फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएयता म्यानमारमा निरन्तर प्रदर्शन भइरहेका छन्। आङ सान सूची लगायत तत्कालीन सरकारका नेताहरूलाई अपदस्थ गरेर उनीहरुलाई बन्दी बनाएर सैनिक शासन लागू गरिएको छ ।
सामाजिक सञ्जालहरूमा आएका भिडिओ फुटेजहरूमा प्रहरीले कारबाही गर्दा प्रदर्शनकारीहरू भागिरहेको देखिन्छ। बाटो छेक्न अवरोधहरू खडा गरिएको र मानिसहरू रगतमा लतपतिएको देखिएको छ ।
सैनिक नेताहरुले प्रदर्शन रोक्न आग्रह गरेपनि प्रदर्शनकारीले निरन्तर प्रदर्शन गर्दै आएका छन् । संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले प्रदर्शनकारीविरुद्ध भएको हिंसाको निन्दा गरेको छ।
कार्यालयले आइतबार कम्तीमा १८ जना मारिएको र ३० जना घाइते भएको विश्वसनीय सूचना आएको जनाएको छ ।
“म्यानमारका जनतालाई शान्तिपूर्ण रूपमा भेला हुन पाउने र प्रजातन्त्रको पुनर्बहालीको माग गर्न पाउने अधिकार छ,’’ प्रवक्ता रविना शमदासनीले भनिन्, “अहिंस्रक प्रदर्शनकारीविरुद्ध घातक हतियारको प्रयोगको औचित्य अन्तर्राष्ट्रिय मानवअधिकार मान्यता अन्तर्गत कहिल्यै पुष्टि हुन सक्दैन।’’
प्रदर्शन सुरु भएयता दर्जनौलाई पक्राउ गरिएको भएपनि सरकारले त्यसबारे अहिलेसम्म केही खुलाएको छैन । राजनीतिक बन्दीहरूको अनुगमन गर्ने एक संस्थाका अनुसार साढे आठसयभन्दा बढी पक्राउ परेका छन् ।