काठमाडौं । “घरमा तीन श्रीमान, तीन बच्चा र म एक्ली श्रीमती छुँ ।” काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा आज प्रदर्शित वृत्तचित्र ‘को-हजबेण्ड’की एक पात्र यसो भन्छिन् । देशका कतिपय हिमाली जिल्लामा अहिले पनि ‘बहुपति प्रथा’का नामले चिनिने यो प्रचलन कायमै छ। बहुपति प्रथा अर्थात एउटी श्रीमतीका दुई वा दुइभन्दा धेरै श्रीमान हुने प्रचलन।
नेपालको कानूनले एक भन्दा बढी श्रीमान वा श्रीमती राख्न रोक लगाएको छ । तर, परापूर्वककालदेखि हिमाली जिल्लाहरूमा यस्तो परम्परा चलिआएको छ। गणेश पाण्डेको निर्देशनमा बनेको वृत्तचित्र ‘को–हजबेण्ड’ त्यसकै वरिपरि घुमेको छ।
निर्देशक पाण्डेका अनुसार घरको जेठो दाइले एउटा युवतीसँग विहे गर्ने र उनका अन्य भाइहरूले तिनै भाउजुलाई श्रीमती मान्ने गर्दछन्। रोचक कुरा त के छ भने विवाह गरेको जेठो दाजुबाहेक अन्य सबै भाइहरूले श्रीमती नभइ भाउजु नै भनेरै सम्बोधन गर्छन्। तर, तिनै भाउजुबाट बच्चा जन्माउने र श्रीमतीको रूपमा व्यवहार गर्ने गर्छन्। विशेषगरी गोरखा, हुम्ला, जुम्ला जस्ता हिमाली जिल्लामा रहेको यो प्रथाका विषयमा पाण्डेले फिल्म निर्माण गरेका हुन्।
‘को–हजबेण्ड’मा हुम्लाका तीन परिवारको दृश्य देखाइएको छ। वृत्तचित्रमा हुम्लाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद छक्कबहादुर लामाको पनि कथा समेटिएको छ।
सांसद लामा पनि दोस्रो विहे गरेपछि परिवारबाट बहिष्कारमा परेका पात्र हुन्। उनले पहिलो श्रीमती पनि प्रेम विवाह गरेरै ल्याएका थिए। राजनीतिमा लागेका लामा बढीजसो घर बाहिर हुनुपर्ने हुँदा श्रीमतीले अन्य भाईसँग बढी समय बिताउन थालिन्। कहिलेकाहीँ मात्र घर जाने गरेका लामालाई श्रीमतीले माया कम गरेको जस्तो लाग्न थालेपछि दोस्रो श्रीमती ल्याए। पहिलो श्रीमती उनका भाइहरूसँग बस्न थालिन्। त्यसपछि उनी घर परिवारबाट बहिष्कृत भए। दोस्रो श्रीमती बिहे गरेका कारण लामा अझैं घरमा जान सकेका छैनन्। उनको कथालाई पनि निर्देशक पाण्डेले आफ्नो डकुमेन्ट्रीमा समावेश गरेका छन्।
बहुपति प्रथाको खास कारण अर्कै छ। पहिला–पहिला हिमाली जिल्लाहरूबाट सहर पुग्न महीनौं लाग्थ्यो। त्यहाँ काम गरेर घर फर्किदा पनि त्यति नै समय लाग्थ्यो। घरमा श्रीमती एक्लै बस्नुपर्ने बाध्यता। त्यो बाध्यता कम गर्न घरमा बस्ने भाइहरूले श्रीमतीका रूपमा राख्न थाले ।
“मानौं एउटा भाइ कामको लागि काठमाडौं आउनुपर्यो भने, त्यो समयमा ३५ दिन भन्दा बढी लाग्थ्यो। फर्किन पनि त्यस्तै ३५ दिन लाग्थ्यो। आउन र जान मात्रै दुई महीना बढी लाग्यो। काठमाडौं वा सहरमा बसेर काम गरेर फर्किदा ६ महिना घर बाहिरै बित्ने। त्यो अवधीमा घरमा श्रीमती एक्लै बस्नुपर्ने बाध्यता थियो”, निर्देशक पाण्डे भन्छन्, “घरमा रहेकी श्रीमतीलाई पनि श्रीमानको माया ममता त चाहियो। त्यसपछि अर्कोसँग जानुभन्दा घरमै भएका भाइहरूलाई श्रीमानका रूपमा स्वीकार गर्न थालियो। त्यसरी नै यो प्रथा कायम हुनपग्यो।”
एउटा भाइ बाहिरबाट घर आएपछि घरमा हुने अर्को भाइ फेरि कमाउन बाहिर जान्छ। बाहिरबाट आएको भाइसँगै श्रीमती बस्छिन्। र, त्यो समयमा जन्मिएको बच्चा त्यही भाइको हुन्छ। त्यो भाइको छोराछोरीले आफ्नो बुवाबाहेक अरूलाई ठूलो बुवा, कान्छो बुवा भनेर साइनो अनुसार सम्बोधन गर्छन्। सबैलाई बुबा भन्न मिल्दैन।
बहुपति प्रथामा सबै श्रीमानहरूलाई निर्देशन दिने, सरसल्लाह दिने काम श्रीमतीले नै गर्छिन्। अर्थात् घरको मुली नै श्रीमती हुन्छिन्। श्रीमानहरू श्रीमतीको निर्देशनमा चल्नुपर्ने नियम हुन्छ।
विशेषगरी मामाछोरी, फुपूछोरीसँग विवाह गर्ने चलन छ। तर, पछिल्लो समय बहुपति प्रथा कम भइसकेको छ। नयाँ पुस्ताले यो प्रथाको विरोध गर्न थालेका छन्। अहिले सबै बेरोजगार भएर घरमै बस्न थालेपछि श्रीमतीका नाममा भाइ–भाइहरूबीच नै झै–झगडा हुन थालेको छ। त्यही कारणले पनि यो प्रथा हराउँदै गएको देखिन्छ।
चार वर्षको मिहिनेतमा निर्देशक पाण्डेले यो डकुमेन्ट्री तयार पारेका हुन्। पाण्डेका अनुसार एक वर्ष अनुसन्धान गर्नमै बितेको थियो भने त्यसपछिका तीन वर्ष छायांकन गरिएको थियो।
" /> काठमाडौं । “घरमा तीन श्रीमान, तीन बच्चा र म एक्ली श्रीमती छुँ ।” काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा आज प्रदर्शित वृत्तचित्र ‘को-हजबेण्ड’की एक पात्र यसो भन्छिन् । देशका कतिपय हिमाली जिल्लामा अहिले पनि ‘बहुपति प्रथा’का नामले चिनिने यो प्रचलन कायमै छ। बहुपति प्रथा अर्थात एउटी श्रीमतीका दुई वा दुइभन्दा धेरै श्रीमान हुने प्रचलन।नेपालको कानूनले एक भन्दा बढी श्रीमान वा श्रीमती राख्न रोक लगाएको छ । तर, परापूर्वककालदेखि हिमाली जिल्लाहरूमा यस्तो परम्परा चलिआएको छ। गणेश पाण्डेको निर्देशनमा बनेको वृत्तचित्र ‘को–हजबेण्ड’ त्यसकै वरिपरि घुमेको छ।

">