सीएनएन। भोपाल (भारत) को झुपडपट्टीमा एक सेतो भ्यान रोकियोे। जसमा रहेका वक्ताले स्पिकरमार्फत् भने- “आउनुहोस्, कोरोना भाइरसको खोप लिनुहोस् र सात सय ५० रूपैया (भारू) पाउनुहोस्।”
स्थानीय जसले डिसेम्बरमा यो आवाज सुनेका थिए, उनीहरूका लागि सात सय ५० रूपैयाँ निकै ठूलो थियो। दैनिक कमाइभन्दा दोब्बर, त्यसमाथि लकडाउनका कारण काम पाउन निकै संघर्ष गर्नु परिरहेको थियो।
“उनीहरूले हामीलाई उक्त खोप कोरोनाको भएको र यस बिमारबाट बच्नका लागि हामीले त्यो लगाउनुपर्छ भने,” आफ्नो पतिसँगै भ्याक्सिनमा सहभागी भएकी यशोधा बाई यादवले भनिन्।
स्थानीय समाजसेवीहरूबाट पछि मात्रै उनीहरूले स्वीकृत भएको खोप नदिएको र त्यो खोपको ट्रायल भएको भन्ने थाहा पाएको उनले बताइन्। उक्त ट्रायल भारतमै उत्पादन भएको भ्याक्सिन कोभ्याक्सको रहेको थियो। परीक्षणमा सहभागी आधाले मात्रै कोभ्याक्सको तेस्रो चरणको परीक्षणको खोप लगाएका थिए। बाँकी आधाले सामान्य मेडिकल परीक्षणको प्लेसेबो पाएका थिए।
“ओहो! भनेपछि मैले लगाएको खोप थिएन? मलाई थाहा थिएन त्यहाँ पानी मात्रैको पनि खोप पाइन्छ भन्ने,” स्थानीय राधा अहेरवरको भनाइ यस्तो थियो।
खोपको विकास गर्ने भारतीय वायोटेक कम्पनी भारत वायोटेक र भारतीय मेडिकल रिसर्च काउन्सिलले प्रायोजक रहेको कोभ्याक्सको तेस्रो चरणको खोप परीक्षणमा भारतका २६ स्थानबाट २६ हजार मानिस सहभागी भएका थिए। जसमा भोपालबाट एक हजार सात सय सहभागी रहेका थिए। भोपाल विश्वकै सबैभन्दा खराब औद्योगिक विपत्तिको सामना गर्ने सहरहरूमध्येको एक हो।
परीक्षणमा भाग लिएका सहभागीहरूले उनीहरूलाई खोपको परीक्षण भइरहेको भन्ने जानकारी नै नभएको बताए। यदि उनीहरूले बताएको जानकारी सत्य रहेको खण्डमा भारतले मेडिकल परीक्षणका नियमहरूको उल्लंघन गरेको देखिन्छ। नियमअनुसार मेडिकल परीक्षणका बखत सबैमा परीक्षणको जानकारी हुनै पर्दछ। यसबाट भारतमा खोप लगाउनेमा हिचकिचाहट बढ्नसक्ने चिन्ता व्यक्त गर्छन् विज्ञ तथा भारतका मेडिकल इथिक्स जर्नलका सम्पादक अमर जेसानी। स्मरणयोग्य कुरा भारत विश्वमै अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भएको देश हो।

सन् १९८४ मा परीक्षणमा सहभागीहरूको बासस्थान शंकर नगर झोपडपट्टीमाबाट साढे तीन किलोमिटर पर हाल बन्द रहेको युनियन कारबिड उद्योगमा हानिकारक ग्याँस फैलिँदा उतिखेरै चार हजार मानिसको मृत्यु भएको थियो भने १० हजार मानिसहरूको मृत्यृको कारण यसैलाई मानिएको थियो। यस घटनाबाट करिब एक लाखभन्दा बढी दीर्घकालीन घाइते भएका थिए।
दशकौंपछि पनि धेरै परिवार अझै त्यसैसँग सम्बन्धित स्वास्थ्य समस्यासँग जुधिरहेका छन्। यस्तो अवस्थामा खोपको तेस्रो चरणको परीक्षणमा भाग लिनुको उपयुक्ततामाथि स्थानीय गैरसरकारी संस्थाहरूले प्रश्न उठाएका छन्।
खोपको तेस्रो चरणको परीक्षण परम्परागत रूपमा खोपलाई प्रयोगमा ल्याउनुअघि मानिसहरूमा गर्ने गरिन्छ। तर, परीक्षणको प्रारम्भिक परिणाम आउनुअघि नै कोभ्याक्सले भारतमा आपत्कालीन प्रयोगका लागि जनवरीमा नै अनुमति पाएको थियो। यसको तेस्रो चरणको परीक्षण अर्को वर्षसम्म नसकिने अनुमान गरिएको थियो। यहाँको सरकारले ५५ लाख डोज कोभ्याक्स र एक करोड १० लाख कोभिसिल्ड खोप प्राप्त गरेको छ। यो विश्वकै ठूलो खोपको वितरण हो। कोभिसिल्ड र कोभ्याक्स दुवै अक्सफोर्ड एस्ट्राजेनेकाको स्थानीय (भारतीय) नाम हो।
भोपालको परीक्षण क्षेत्रका बारेमा दुई वायोेटेक विज्ञ, एक जनस्वास्थ्य विज्ञ र चार स्थानीय गैरसरकारी संस्थाले मात्रै नैतिक प्रश्न उठाएका थिए। साथै, यस सम्बन्धमा जनवरी १४ मा जनस्वास्थ्यकर्मी र वायोटेक विज्ञहरूसहित ४० वटा संस्था र एक सय ८० व्यक्तिले एक संयुक्त वक्तव्य जारी गरेका थिए।
केही विज्ञहरूले भने यदि भोपालमा भएको परीक्षणको घटना प्रमाणित भए सरकारले खोपको परीक्षणका क्रममा पालना गर्नुपर्ने नियमहरूको उल्लंघन गरी खोप परीक्षण गरिएको ठहर्ने बताएका छन्। त्यसले परीक्षणको तथ्यांकलाई कमजोर बनाउन सक्छ। र, भारतीय खोपमाथिको विश्वव्यापी विश्वास घट्नसक्ने छ।
भोपालको मेडिकल परीक्षणमा सहभागी एक दर्जनभन्दा बढीले आफूहरूलाई परीक्षणमा सहभागी हुँदै छु भन्ने जानकारी नभएको बताए। त्यस्तै सहभागीमध्येका चार जनाले आफू खोपको परीक्षणमा सहभागी भएको भन्ने जानकारी भए पनि त्यसको अर्थ थाहा नभएको बताए।
भारत वायोटेक, आईसीएमआर र जनता अस्पतालले भने आफूहरूले केही गलत नगरेको बताएका छन्। उनीहरूले परीक्षण प्रोटोकलको पूर्ण अध्ययन, निर्देशन र कार्यविधिअनुसार नै सञ्चालन गरिएको र सहभागीहरूको स्वास्थ्य जोखिमका बारेमा कुनै प्रकारको जोखिम नपुर्याएको दाबी गरे। उनीहरूले परीक्षणमा सहभागी सबैमा सूचित गरिएको र परीक्षणको क्रममा रकम बाँडिएको भन्ने कुराको पनि खण्डन गरे। भारतको औषधि नियमन निकाय, स्वास्थ्यमन्त्री र नैतिक समितिले भोपालमा भएको परीक्षणका क्रममा लगाइएको आरोपका बारेमा केही बोलेका छैनन्।
भारत विश्वमै धेरै खोप उत्पादक राष्ट्र हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनवरी १६ मा विश्वको विश्वास भारतीय वैज्ञानिकहरूमा रहेको र आफ्ना खोप विशेषज्ञहरू कोरोनाको खोप बनाएपछि अझ बलियो बन्दै गइरहेको बताएका थिए।
तर, केही विज्ञहरूले भने यदि भोपालमा भएको परीक्षणको घटना प्रमाणित भए सरकारले खोपको परीक्षणका क्रममा पालना गर्नुपर्ने नियमहरूको उल्लंघन गरी खोप परीक्षण गरिएको ठहर्ने बताएका छन्। त्यसले परीक्षणको तथ्यांकलाई कमजोर बनाउन सक्छ। र, भारतीय खोपमाथिको विश्वव्यापी विश्वास घट्नसक्ने छ।
हामीले लगाएको खोप होइन?
अधिकांश दैनिक ज्यालामजदुरी गर्ने भोपालका स्थानीयलाई लकडाउनका समयमा रोजीरोटी जुटाउन निकै संघर्ष गर्नुपर्यो। यसै समयमा झोपडपट्टीको नजिकैको जनअस्पतालबाट आएको सेतो भ्यानले खोपको प्रस्ताव गरे। स्थानीय १८ जनाले यसलाई छिटो पैसा कमाउने बाटोका रूपमा देखे।
“म त्यसै पनि केही दिनमा मरिहाल्छु,” तिन सन्तानकी आमा हीरा बाईले भनिन्, ‘‘म सात सय ५० रूपैयाँको लोभले गएँ, जसरी पनि हामी मर्नैपर्छ। मेरो जीवनको कुनै मूल्य छैन।”
स्थानीयले उक्त सेतो भ्यान जनता अस्पतालबाट आएको विश्वास गरेका थिए। “भ्यान आएपछि सबै भ्यानतिर दौडिए, त्यसैले म पनि गएँ,” स्थानीय केसरी चिल्लरले भने।
खोप परीक्षणका लागि अस्पतालमा सहभागी भएका १२ जनाले सहभागीले आफूहरूलाई एक फाराममा हस्ताक्षर गर्न आग्रह गरिएको बताए। यद्यपि, दुई जनाले खोपको दोस्रो डोज लिइसकेपछि हस्ताक्षर गरेका थिए। अर्का एक जनाले अडियो-भिडियोको माध्यमबाट सहमति जनाएका थिए भने एक जनालाई हस्ताक्षरको सट्टा औंठाछाप गर्न लगाइएको थियो।
“हामीले खोप होला भन्ने सोचेर गयौँ,” अर्का स्थानीय यादबलले भनिन्, ‘‘हामीलाई त्यो एक परीक्षणमात्रै हो भन्ने थाहा थिएन।”
झोपडपट्टीकै अर्का छोटुदास बेरागीले आफूहरूले ठूलो-ठूलो आवाजमा खोप अहिले नलगाएपछि यसका लागि पैसा तिर्नुपर्ने भन्ने सुनेको बताए। “आजकल कुनै काम पनि छैन, त्यसैले खोप लगाइहालौँ भन्ने मैले सोचेँ। यसबाट सात सय ५० रूपैयाँ पनि पाइने,” उनले भने, ‘‘कमाइ नभएको बेला यो पैसा कमाउने राम्रो माध्यम भएजस्तो मलाई लाग्यो।”

त्यस्तै, सहभागी १४ जनामध्ये आठ जनाले आफूहरूलाई पढ्न नआउने बताए। ६० वर्षभन्दा माथिका एक सहभागीले मात्रै आफूलाई अडियो-भिडियो माध्यमबाट फारामको बारेमा बताइएको जानकारी दिए। अरू चार जनाले आफूहरूले पढ्न सक्ने बताए पनि १० पन्नाको फाराम पढ्नका लागि पर्याप्त समय नदिइएको बताए। उक्त फाराममा “इमुनो रेस्पन्स,” “प्लेसेबो” र “इमुनोजेनीसिटी” जस्ता शब्दहरूको प्रयोग गरिएको थियो जुन मेडिकल क्षेत्रभन्दा बाहिरका मानिसहरूले विरलै बुझ्दछन्।
यद्यपि, छ जना सहभागीहरूले आफूहरू परीक्षणमा सहभागी हुँदै छु भन्ने जानकारी रहेको बताए। चारजनाले परीक्षणमा के हुन्छ भन्ने ज्ञान नभएको बताए। “मैले केको परीक्षण हुँदै छ भन्ने कुरा थाहा नै पाइनँ,” परीक्षणका एकजना २१ वर्षीय सहभागीले भने। सहभागीमध्ये जम्मा दुई जनाले मात्रै आफूलाई परीक्षणका बारेमा पूर्णजानकारी रहेको बताए।
परीक्षणमा सहभागी ४५ वर्षीय राजेश पन्तीले परीक्षणको पहिलो डोज लिँदा आफूले दैनिक मधुमेहको औषधि लिने गरेको नभनेको बताए। उनलाई अस्पतालले रोग भए/नभएको बारेमा कुनै प्रश्न नगरेको बताए। परीक्षणमा सहभागी गर्भवती २६ वर्षीया सरिता जाधवले आफू खोपको दोस्रो डोज लिन जाँदा गर्भवती महिलाले खोप लिन हुन्न भनेर फर्काइएको बताइन्।
एजेन्सीसँगको कुराकानीमा सहभागी भएका २१ जनाले नै आफूहरूलाई खोपको प्रतिकूल प्रभाव भए लेख्न एक फाराम दिएता पनि त्यसमा कसैले केही लेखेनन्। तर, सहभागी २१ मध्ये आठले कुराकानीमा खोप लगाइसकेपछि आफूहरूलाई केही प्रतिकूल असर भएको बताए। उनीहरूले खोप लिएपछि वान्ता भएको, पेट दुखेको, दुखाइ भएको र शरीर कमजोर भएको बताए। यो असर उनीहरूले खोप लिँदा वा प्लेसेबोमध्ये के लिँदा भएको भन्ने प्रस्ट छैन। उनीहरूले आफूहरूमा देखिएको असर किन महत्त्वपूर्ण छ भन्ने केही जानकारी नभएको बताए। कुराकानीमा सहभागी २१ मध्ये १३ जनाले आफूहरू साक्षर नभएको बताए। अर्थात् उनीहरूलाई दिइएको फाराम भर्न असक्षम थिए।
पिपल्स कलेज अफ मेडिकल साइन्स एन्ड रिसर्च सेन्टर भोपालका डीन अनिलकुमार दीक्षितले आफूलाई भ्यानको बारेमा केही थाहा नभएको र त्यस्तो कुनै भ्यानलाई झोपडपट्टीमा नपठाएको बताए। उनले परीक्षणमा सहभागी हुने आधालाई मात्रै खोप दिइने र बाँकीलाई प्लेसेबो दिइने जानकारी परीक्षणमा सहभागीलाई बताइएको उल्लेख गरे। उनले भारत वायोटेक र आईसीएमआरको निर्देशनअनुसार अस्पतालले खोप परीक्षणमा सहभागीलाई सात सय ५० रूपैयाँ दिएको बताए। तर, यो खोप लिन प्रोत्साहन गर्न नभई सहभागीलाई ज्यालाको रूपमा प्रदान गरिएको उनले बताए।
दीक्षितले अस्पतालले परीक्षणमा सहभागी भएकाहरूलाई उनीहरू भोपालको ग्याँस काण्डको पीडित भए/नभएको नसोधेको बताए। यद्यपि, प्रशासनले सहभागीहरूको स्वास्थ्य अवस्थाको जाँच गरेको र स्वास्थ्य समस्या देखिएकालाई परीक्षणमा सहभागी नगाराइएको बताए।
भोपालको परीक्षणमा सहभागी १० प्रतिशतलाई स-साना स्वास्थ्य समस्या देखिएको थियो भने लगभग एक/दुई प्रतिशत उपचारका लागि अस्पतालमा भर्ना भएको दीक्षितले बताए। उनले अस्पतालले स्वास्थ्य उपचार आवश्यक परेकाको मात्रै जानकारी राखेको बताए। त्यस्तै उनले स-साना समस्याहरू फोनबाटै समाधान गरिएको उल्लेख गरे।
दीक्षितले फाराम पढ्न नसक्नेलाई हस्ताक्षर गर्नुअघि उनीहरूले बताएअनुसार हिन्दी र अंग्रेजी भाषामा जानकारी गराइएको बताए।
परीक्षणमा सहभागी र दीक्षितले सहभागीहरूलाई फोनको माध्यमबाट चेकअप गरिएको बताए पनि कुराकानीमा उपस्थित दुई जनाले आफूहरूलाई कुनै फोन कल नआएको बताए।
भोपालकी एक सामाजिक अभियन्ता रच्ना डिंगाराले आफूले डिसेम्बरको अन्त्यतिर झोपडपट्टीका मानिसहरूले कोरोनाविरुद्धको खोप प्राप्त गरेको भन्ने सुनेको बताइन्। तर, त्यसबेलासम्म भारतमा कुनै खोपले मान्यता नपाएको भन्ने जानकारी रहेकोले उनले यसको बारेमा खोजीनिधि गर्दा यो एक परीक्षण मात्रै भएको थाहा पाइन्। अझ धेरै अध्ययनबाट उनले परीक्षणमा सहभागी कसैमा पनि परीक्षणको जानकारी नभएको पाइन्।
भोपालका परीक्षण खोप लगाएका एक व्यक्तिको खोप लिएको नौ दिनमा मृत्यु भएपछि यस घटनाले भारतभरका मिडियाको ध्यान खिचेको थियो। जसले खोप परीक्षणका बारेमा धेरै प्रश्न उठाएको थियो।
“यो कुरा जंगलमा लागेको आगो जसरी फैलियो, किनकि उनीहरूले खोप मात्रै नभई पैसा पनि पाएका थिए,” डिंगाराले भनिन्, “उनीहरू यो काम मध्यम वर्गीय समाजका गर्न सक्दैनन्, किनकि सबैलाई थाहा छ यो मध्यम वर्गीय समाजमा सम्भव छैन।”
भारतको नयाँ औषधि मेडिकल परीक्षण नियम २०१९ अनुसार “नि:शुल्क दिनुपर्ने, जानकारीसहित र लिखित सहमति” जस्ता प्रावधान रहेका छन्। जसमा यसमा रहने सूचनाहरू सहभागीलाई दिनुपर्ने र यसका भाषा अप्राविधिक र बुझ्न सकिने हुनुपर्ने जस्ता प्रवधानहरू रहेका छन्।
कोभ्याक्सको पहिलो र दोस्रो दुवै परीक्षणकालमा लगभग सात सय ५५ जनामा मानवीय परीक्षण गरिएको थियो। यस खोपले उनीहरुको शरीरमा कोरोनाविरुद्ध एन्टिबडिज निर्माण गर्ने र यसमा कुनै पनि गम्भीर प्रकारको समस्या नदेखिएको सार्वजनिक भएको थियो।

तर, ती व्यक्तिको मृत्यु र खोपको सम्बन्ध हालसम्म प्रस्ट भएको छैन। मृतकको पोस्टमार्टम रिपोर्ट अझैसम्म सार्वजनिक भएको छैन। मृतककी पत्नी र खोप परीक्षणमा सहभागी अन्यले यसको थप अनुसन्धान हुनुपर्ने माग गरेका छन्। भारत वायोटेकले हालसम्म मृतकले परीक्षणका क्रममा खोप लिएको वा प्लेसेबो के लिएको भन्ने प्रस्ट पारेको छैन। तर, यसका बारेमा अनुसन्धान भएको र मृत्युको परीक्षणसँग कुनै सम्बन्ध नभएको वायोटेकले जानकारी दिएको छ।
भोपालमा रहेका गान्धी मेडिकल कलेजका फार्माकोलोजी शाखाका प्रमुख अरून श्रीवास्तवले परीक्षणका क्रममा मृत्यु भएका व्यक्तिको अनुसन्धान हुनुपर्ने बताए। उनले यदि सेतो भ्यानले सात सय ५० रूपैयाँको आवाज बजाइएको भए त्यो पूर्णरूपमा अनैतिक र गलत भएको उल्लेख गरे।
“हामी मानिसहरूले खोपप्रतिको निष्ठा र विश्वास गुमाउन भन्ने चाहँदैनौं,” स्वास्थ्यविज्ञ अमर जेसानीले भने, “यदि, उनीहरूले कोभिडविरुद्धको खोपबाट विश्वास गुमाए भने अन्य खोपबाट पनि उनीहरूको विश्वास हट्नेछ।”
" /> सीएनएन। भोपाल (भारत) को झुपडपट्टीमा एक सेतो भ्यान रोकियोे। जसमा रहेका वक्ताले स्पिकरमार्फत् भने- “आउनुहोस्, कोरोना भाइरसको खोप लिनुहोस् र सात सय ५० रूपैया (भारू) पाउनुहोस्।”स्थानीय जसले डिसेम्बरमा यो आवाज सुनेका थिए, उनीहरूका लागि सात सय ५० रूपैयाँ निकै ठूलो थियो। दैनिक कमाइभन्दा दोब्बर, त्यसमाथि लकडाउनका कारण काम पाउन निकै संघर्ष गर्नु परिरहेको थियो।

">