महोत्तरीमा घुम्ती स्वास्थ्य शिविर

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको सहकार्यमा महोत्तरीमा बृहत् संयुक्त घुम्ती स्वास्थ्य शिविर आयोजना गरिएको छ। आजबाट शुरू भएको निःशुल्क स्वास्थ्य शिविर ५ पुससम्म सञ्चालन हुनेछ।

महोत्तरीको सोन्मा–३ स्थित खक्ना उच्च माविमा मुख्य शिविर र जलेश्वर अस्पतालमा सर्जिकल शिविर स्थापना गरिएको छ। शिविरको पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले उद्घाटन गरेको नेपाली सेनाले जनाएको छ।

सिरहा, सिन्धुली, महोत्तरी, सर्लाही र धनुषा जिल्लाका स्वास्थ्य उपचार पाउन नसकेका बिरामीलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको हो।

सर्जरी, भिडियो एक्स-रे, प्याथोलोजी ल्याब सेवासहित शिविर आयोजना गरिएको हो। आज जनरल मेडिसिन, स्त्री रोग, आँखा, नाक, कान, घाँटी, चर्म रोग, हाडजोर्नी, बालरोग, स्वास प्रश्‍वासलगायत विभिन्न रोगका एक हजार ६९७ जनाले उपचारका लागि नाम दर्ता गराएको सेनाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्