बग्दाद। इसाई धर्मगुरु पोप फ्रान्सिसले यही शुक्रबार मुस्लिम राष्ट्र इराकको भ्रमण गर्दै छन्।
कुनै पनि पोपले इराकको भ्रमण गरेको वर्षौंपछि यो पहिलोपटक हो। इराकमा उनले इराकी शिते मुस्लिमका धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँग एकल वार्ता (वान-अन-वान) गर्नेछन्।
कोरोनाभाइरस महामारी, हिंसा र कमजोर सरकारी सेवाका कारण निकै दबाबमा रहेको इराकी सरकारका पदाधिकारीसँग पनि उनले भेटवार्ता गर्नेछन्।
युद्धको चपेटामा परेको इराकमा इसाई समुदायको जनसंख्या सन् २००३ मा १५ लाख रहेकामा हाल करिब चार लाख मात्र रहेका छन्।
तीन-दिने यस भ्रमणका क्रममा पोप फ्रान्सिसको कोरोनाभाइरस महामारी फैलिन थालेयता पहिलो हो। बग्दाददेखि शिते धर्मगुरु बस्ने नजाफ शहरसम्मको मार्गमा पोपलाई स्वागत गर्न तुल, ब्यानर राखिएका छन्।
इराकमा इसाई समुदायको बसोबासको विश्वमै सबैभन्दा पुरानो इतिहास छ। यहाँका इसाईहरू आधाजति क्याथोलिक र बाँकी आर्मेनियाली अर्थोडक्स, प्रोटेस्टेन्ट र अन्य रहेका छन्।
यसअघि पोल जोन पल द्वितीयले सन् २००० मा इराक भ्रमण गर्ने योजना बनाएका थिए, तर तत्कालीन राष्ट्रपति सद्दाम हुसेनले उनको भ्रमण रद्द गरिदिएका थिए। उनीपछि पोप बनेका बेनेडिक्ट सोह्रौंले बग्दाद भ्रमणको प्रयास नै गरेका थिए।
सन् २०१३ मा निर्वाचित भएपछि फ्रान्सिसले इराक भ्रमण गर्ने योजना अघि सारेका थिए। सन् २०१९ राष्ट्रपति बरहाम सालेहले औपचारिक रूपमै पोप फ्रान्सिसलाई इराक भ्रमणको निम्तो दिएका छन्। वर्षौंदेखि युद्धमा होमिएको मुलुकमा शान्तिको सन्देश फैल्याउन पनि पोपको भ्रमणले मद्दत गर्ने राष्ट्रपति सालेहको विश्वास छ।
अन्तर-धार्मिक सम्बन्ध सुदृढीकरणमा विश्वास राख्ने पोपले यसअघि टर्की, मोरक्को र युनाईटेड अरब इमिरेट्स समेतका मुस्लिम मुलुकहरूको भ्रमण गरिसकेका छन्।
रासस-एएफपी
" /> बग्दाद। इसाई धर्मगुरु पोप फ्रान्सिसले यही शुक्रबार मुस्लिम राष्ट्र इराकको भ्रमण गर्दै छन्।कुनै पनि पोपले इराकको भ्रमण गरेको वर्षौंपछि यो पहिलोपटक हो। इराकमा उनले इराकी शिते मुस्लिमका धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँग एकल वार्ता (वान-अन-वान) गर्नेछन्।

">