काठमाडाैं। इलाम नगरपालिका–१, साखेजुङका चिरनजीवि दाहालले ६ वर्षअघि कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘नेपाल टी एण्ड कफी प्रमाेसन सेन्टर’ नामको कम्पनी दर्ता गराए। पत्रकारितामा स्नातकोत्तर दाहालले पत्रकारिता गर्नुभन्दा बाउ–बाजेले वर्षौं पहिले बनाएको चिया बगानमै आफ्नो खुशी भेटे।
“बुवा–हजुरबुवाले शुरू गरेको कृषिकर्मलाई अलि व्यवस्थित गरूँ र आफूले उत्पादन गरेको चियालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउँ भन्ने सोचले पढाइ सकेपछि चिया बगानमै फर्किएको हुँ”, दाहालले भने।
इलामको साखेजुङमै चिया कारखाना खोलेका उनले अरू धेरै कारखानाबाट उत्पादित चिया बेच्न काठमाडौंको ठमेल र ललितपुरको झम्सीखेलमा चिया शाे-रूम खोलेका छन्। नेपालमा चिया ‘कल्चर’ शुरू भइनसकेको बताउने दाहालका मुख्य ग्राहक नेपाल घुम्न आएका विदेशी हुन्।
“नेपाल आउने विदेशीलाई मात्र होइन, ‘टी कल्चर’ विकास भइसकेका देशमा नेपाली ब्रान्डको चिया पुर्याउने उद्देश्य थियो, तर मुद्दा–मामिलामा अल्झेर अलि ढिला भइरहेको छ”, उनी भन्छन्।
मुख्यतः पातबाट बनाइने ‘अर्थोडक्स’ चिया बेच्ने उनी नेपालको हिमालय श्रृंखलाभन्दा तलपट्टि पूर्वदेखि पश्चिमसम्मै यस्तो चिया उत्पादन हुन सक्ने बताउँछन्। त्यही आधारमा उनले आफ्नो ‘प्रोडक्ट’ को नाम ‘टीलय’ (Tealaya) राखे। चियाको अंग्रेजी शब्द ‘टी’ र ‘हिमालय’ शब्दबाट पछिल्लो अक्षर टिपेर जुराएको नाम ‘टीलय’लाई उनी अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली चियाको ‘ब्राण्ड–नेम’का रूपमा स्थापित गर्न चाहन्थे।
त्यही सोचले उनले उद्योग विभागमा ‘टीलय’ (लोगोसहित) ट्रेडमार्कको रूपमा दर्ता गर्न निवेदन दिए। ‘पेटेण्ट डिजाइन र ट्रेडमार्क ऐन–२०२२’ मा यसरी ट्रेडमार्क दर्ताको निवेदन परेमा त्यसमाथि कसैको दाबी विरोध पर्न आएमा छानबिन गरी उपयुक्त ठहरिएमा विभागले दर्ता गरिदिनुपर्ने प्रावधान छ।
तर, त्यस्तो ट्रेडमार्कबाट कुनै व्यक्ति वा संस्थाको प्रतिष्ठामा र अरू कसैको ट्रेडमार्कको ख्यातिमा धक्का पर्ने भएमा वा अरू कसैको नाममा दर्ता भइसकेको देखिएमा त्यस्तो ट्रेडमार्क दर्ता गरिँदैन।
उनको निवेदन परेपछि विभागले यही कानूनी व्यवस्थाअनुसार ‘दाबी विरोध भएमा त्यसको जानकारी दिनू’ भन्दै ९ असोज २०७३ को ‘औद्योगिक सम्पत्ति बुलेटिन’ मा सूचना प्रकाशित गर्यो। यस्तै सूचना निकाल्नका लागि उद्योग विभागले यो बुलेटिन नियमितरूपमा प्रकाशन गर्दै आएको छ।
विभागको यस्तो सूचनापछि कफीको अन्तर्राष्ट्रिय ब्राण्ड– स्टारबक्ससँग टीलयको ट्रेडमार्कसम्बन्धी विवाद शुरू भएको हो। स्टारबक्स कफीको चियासम्बन्धी ब्राण्ड टीभाना (Teavana) विश्वभर परिचित छ। नेपालसमेत विश्वका १५० देशमा स्टारबक्स कफी र त्यसको टीभाना ब्राण्ड दर्ता छ।
विभागको सूचनापछि स्टारबक्सले आफ्नो त्यही चिया ब्राण्ड ‘टीभाना’को ट्रेडमार्कसँग मिल्दोजुल्दो भएको ‘टीलय’ दर्ता नगर्न भन्दै विभागमा निवेदन दियो। ‘टीलय’को ट्रेडमार्क दर्ता गरिए त्यसले आफूले पहिल्यै प्रयोग गरिरहेको ख्यातिप्राप्त ट्रेडमार्क ‘टीभाना’को उल्लंघन हुने दाबी स्टारबक्सले गरेको हाे।
पेटेन्ट डिजाइन ट्रेडमार्क ऐन–२०२२ को प्रावधान मात्र नभएर नेपाल पक्ष राष्ट्र रहेको पेरिस महासन्धिको पनि उल्लंघन हुने उसको जिकिर थियो। सन् १८८३ मा पेरिसमा भएको सम्मेलनबाट गरिएको ‘औद्योगिक सम्पत्तिको संरक्षणका लागि पेरिस महासन्धि’ले ख्यातिप्राप्त ट्रेडमार्कको संरक्षण गर्नुपर्ने दायित्व यसका पक्ष राष्ट्रलाई थपेको छ।
स्टारबक्सले नेपालको घरेलु कानून र नेपाल पक्ष रहेको अन्तर्राष्ट्रिय महासन्धि दुवैको उल्लंघन हुने गरी टीलयले ट्रेडमार्क दर्ता गर्न माग गरेको दाबीसहित दर्ता नगर्न माग गरेको थियो।
तर, ‘नेपाल टी एण्ड कफी प्रमोसन सेन्टर’ले भने टीभाना र टीलय दुवै शब्द बोल्दा र लेख्दा फरक–फरक रहेको भन्दै आफूले माग गरेकै ट्रेडमार्क पाउनुपर्ने अडान लियो। दुवै कम्पनीको दाबीबीच उद्योग विभागका महानिर्देशकले मुद्दाको सुनुवाइ गरे।
स्टारबक्सले आफ्नो ट्रेडमार्क ‘नाइस सम्झौता’ को वर्ग ३० अन्तरगत दर्ता भएको दाबी गरेको थियो। नाइस सम्झौताले ट्रेडमार्क दर्ता गर्ने प्रयोजनका लागि वस्तु र सेवाको वर्गीकरण गर्छ। सो सम्झौताको वर्ग ३० मा चियाजन्य वस्तुहरूको विवरण छ। १० मंसीर २०७५ मा विभागले विवादको फैसला गर्दै नाइस वर्गीकरणको वर्ग ३० अन्तर्गत पर्ने चिया (Tea) शब्दमा ‘कसैको एकाधिकार हुन सक्दैन’ भन्यो।
'नाइस क्लासिफिकेसनको वर्ग ३० अन्तर्गत चिया शब्द सो वर्गको ‘ओरिजिनल टर्म’ भएकाले सो वर्गमा चियाको उत्पादनमा नै प्रयोग गर्ने गरी दर्ता भएका वा दर्ता हुने ट्रेडमार्कमा चिया (TEA) शब्दमा कसैको एकाधिकार हुन सक्दैन,' आदेशमा छ।
टी शब्दमा कसैको एकाधिकार नहुने भएपछि बाँकी रहेका भाना (vana) र लय (laya) ‘भिजुअल्ली’, ‘फोनोटीकल्ली’ तथा ‘स्ट्रक्चरल्ली’ फरक रहेको देखिएकाले त्यसलाई स्टारबक्सको चियासम्बन्धी ट्रेडमार्कसँग मिल्दोजुल्दो वा त्यसबाट नक्कल गरको भन्न नमिल्ने फैसला विभागले सुनायो।
साथै विभागले निर्णयमा चित्त नबुझे पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन–२०२२ को दफा २७ बमोजिम अदालतमा पुनरावेदन गर्न पनि भन्यो। उक्त दफामा विभागको निर्णयमा चित्त नबुझाउने पक्षले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन निवेदन दिनसक्ने प्रावधान छ।
‘नेपाल टी एण्ड कफी प्रमोसन सेन्टर’का कार्यकारी निर्देशक दाहालले मुद्दा मामिला शुरू भएको दुई वर्षमा निर्णय आफ्नै पक्षमा आएपछि अब व्यापारमा केन्द्रित हुन पाइने भयो भन्ने सोचेका थिए। “ट्रेडमार्क लिएर आक्रमकरूपमा अन्तर्राष्ट्रिय बजारमा जाने योजना थियो, दुबई र कतारमा नेपाली ब्राण्डको चिया टीलयको शो-रूम खोल्ने तयारी अन्तिम चरणमा पुर्याइसकेका थियौं”, उनले देखापढीसँग भने, “तर, अहिलेसम्म ट्रेडमार्क नपाउँदा ती योजना अगाडि बढाउन सकिएको छैन।”
उद्योग विभागले ‘नेपाल टी एण्ड कफी प्रमोसन सेन्टर’कै पक्षमा स्टारबक्सको निवेदन खारेज गर्ने निर्णय गरे पनि दाहालले अहिलेसम्म मागेको ट्रेडमार्क पाउन सकेका छैनन्। त्यसको कारण हो– निर्णयमा चित्त नबुझे ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्नू भन्ने विभागकै निर्णयबमोजिमको पुनरावेदनको सूचना स्टारबक्सले बुझ्न नमान्नु। पछिल्लो एक वर्षदेखि पुनरावेदनको सूचना बुझाउन खोजे पनि स्टारबक्सले बुझेको छैन। त्यसैले विभागले २७ मंसीरमा कान्तिपुर दैनिकमा स्टारबक्सको नाममा ३५ दिनको पुनरावेदनको सूचना जारी गरेको छ।
विभागको कानून शाखाका उपसचिव टंकबहादुर महत टीलयले ट्रेडमार्क दर्ताका लागि दिएको निवेदन दर्ता गर्न नहुने भन्दै दाबी विरोध गरेको स्टारबक्सले पुनरावेदनको सूचना नबुझेका कारण सूचना प्रकाशित गरेको बताउँछन्। “स्टारबक्सको दाबी नपुग्ने विभागबाट गत वर्ष नै निर्णय भएको हो”, उनले देखापढीसँग भने, “तर, स्टारबक्सले अहिलेसम्म पुनरावेदनको म्याद नबुझेपछि सूचना प्रकाशित गर्नुपरेको हो।”
अबको ३५ दिनभित्र स्टारबक्सले उच्च अदालत पाटनमा पुनरावेदन गरेन भने दाहालले त्यसपछि टीलयको ट्रेडमार्क पाउनेछन्। तर, पुनरावेदन गर्यो भने अझ एक तहमाथिको निकायमा कानूनी लडाइँ बाँकी नै रहनेछ।
उच्च अदालतले उद्योग विभागकै निर्णय सदर गरेमा स्टारबक्सले सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउने छैन, दुई तहको सुनुवाइमा एउटै फैसला भएकाले। मुद्दा दोहोर्याएर हेरिपाउँ भन्ने निवेदन भने उसले दिन सक्नेछ। तर, उच्च अदालतले उद्योग विभागको निर्णय उल्ट्याएर स्टारबक्सको पक्षमा आदेश गर्यो भने दाहाल सर्वोच्च अदालत जान पाउनेछन्। यसरी अरू केही वर्षपछि मात्रै यो विवादको टुङ्गो लाग्नेछ। तर, अहिलेलाई भने दाहाल स्टारबक्सले उच्च अदालतमा पुनरावेदन गरेन भने नेपाली चियाको आफ्नै ट्रेडमार्क लिएर अन्तर्राष्ट्रिय बजारमा छिरिहाल्ने योजनामा छन्।
चिया नेपालबाट विदेश निर्यात हुने सबभन्दा धेरै रकमको कृषिजन्य सामग्री हो। भारतबाहेकका तेस्रो देशमा मात्रै वार्षिक करीब तीन अर्ब रूपैयाँको चिया निर्यात हुन्छ। दाहालले पनि रूस, अमेरिका, जर्मनी, फ्रान्सलगायतका देशमा चिया पठाउँदै आएका छन्। “अहिले त ट्रेडमार्कबिनाको ‘प्रोडक्ट’ मात्रै पठाउँदै आएको छु”, उनी भन्छन्, “ट्रेडमार्क पाएपछि विदेशमा नेपालको ब्रान्डेड चिया पठाउने र विदेशमै गएर त्यही ब्राण्डमा शो-रूम खोल्ने सपना छ, हेरौं कहिले पूरा हुन्छ।”
" /> काठमाडाैं। इलाम नगरपालिका–१, साखेजुङका चिरनजीवि दाहालले ६ वर्षअघि कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘नेपाल टी एण्ड कफी प्रमाेसन सेन्टर’ नामको कम्पनी दर्ता गराए। पत्रकारितामा स्नातकोत्तर दाहालले पत्रकारिता गर्नुभन्दा बाउ–बाजेले वर्षौं पहिले बनाएको चिया बगानमै आफ्नो खुशी भेटे।“बुवा–हजुरबुवाले शुरू गरेको कृषिकर्मलाई अलि व्यवस्थित गरूँ र आफूले उत्पादन गरेको चियालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउँ भन्ने सोचले पढाइ सकेपछि चिया बगानमै फर्किएको हुँ”, दाहालले भने।

">