काठमाडौं। सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारले विकास निर्माणका कामलाई तीव्रताका साथ अगाडि बढाएको बताएका छन्।
उनले मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा विकास निर्माणको कामलाई गति दिएको जानकारी दिएका हुन्।
उनले यो साता प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न स्थानमा पुगेर विकास निर्माणका काममा सहभागिता जनाएको बताए।
उनले भने, “डिजिटल फ्रेमवर्क नेपालको लक्ष्य पूरा गर्न यही साता माटोको डिजिटल नक्साको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको छ।”
यस्तै, यही साता सरकारले देशभरका पाँच स्थानमा औद्योगिक क्षेत्रको शिलान्यास गरेको भन्दै यसबाट देशमा औद्योगिक ढोका खोल्ने काम भएको गुरुङले बताए।
यसै साता राष्ट्रिय गौरवको आयोजना मेलम्चीमा पानी परिक्षण सुरु गरिएको छ।
प्रधानमन्त्रीले यही साता देशकै पहिलो लामो निर्माणधिन ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’को र आज पोखरामा निर्माणाधीन रंगशालाको निरीक्षण गरेको गुरुङले बताए।
यसै गरी, प्रधानमन्त्री ओलीले हिजो आइतबार झापा जिल्लाका ३१ वटा पुल शिलान्यास र पाँचवटा पुलको उद्घाटन गरेका छन्।
" /> काठमाडौं। सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारले विकास निर्माणका कामलाई तीव्रताका साथ अगाडि बढाएको बताएका छन्।उनले मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा विकास निर्माणको कामलाई गति दिएको जानकारी दिएका हुन्।

">