कांग्रेसको दुई गुट, दुई भेला

काठमाडौं। नेपाली कांग्रेसमा महाधिवेशनलाई लिएर गुटगत विवाद चर्किएको छ।

संस्थापन र असन्तुष्ट दुवै समूह रणनीति बनाउन २७ मंसीरमा गुटको भेलामा व्यस्त भएको समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ।

असन्तुष्ट पक्षले बहिष्कार गरे पनि २६ मंसीरमा केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्ताव पेस गरेका थिए।

सभापति देउवा निवास बूढानिलकण्ठमा २७ मंसीरमा उनीनिकट नेताहरूको बैठक बसेको थियो।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको थियो।

पौडेल पक्षको बैठकले महाधिवेशन अजेण्डा केन्द्रीय कार्यसमितिमा पेस नभए आगामी बैठक पनि बहिष्कार गर्ने निर्णय गरेको छ।

“हाम्रो अडान यथावत छ, केन्द्रीय कार्यसमिति बैठकमा १४ औं महाधिवेशनको अजेण्डा पेस नभए हामी फेरि बैठक बहिष्कार गर्छौँ”, पौडेल पक्षका केन्द्रीय सदस्य चन्द्र भण्डारीले भने, “महाधिवेशन प्रमुख अजेण्डा बन्नुपर्छ, पार्टीको हितका लागि महाधिवेशनको विकल्प छैन।”

विभाग संख्या बढाउने र कार्यकालको अन्तिममा आफूनिकट नेताको व्यवस्थापनको लागि विभाग गठन स्वीकार्य हुन नसक्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्