धनुषामा बम विस्फोटमा बाबुछोराको मृत्यु, इन्सपेक्टरसहित चारजना गम्भीर घाइते
काठमाडौं। धनुषामा बम विस्फोट हुँदा एकै परिवारका बाबुछोरा दुई जनाको मृत्यु भएको छ।

विस्फोटको क्रममा प्रहरी इन्सपेक्टरसहित चार जना घाइते भएका छन्।

धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिकैको कुचाइ टोलमा रहेको राजेश साहको घरको कम्पाण्डमा राखिएको बम गएराति १२:१५ बजे विस्फोट भएको हो।

विस्फोटबाट ४५ वर्षीय साह र उनका छोरा आनन्द साहको मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले देखापढीलाई बताए।

बाबुछोरा दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो।

बम विस्फोटबाट महेन्द्रनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, प्रहरी जवान रिजनाथकुमार महतो, मृतकक राजेश साहका छोरा प्रकाश साह र छोरी मंजली साह घाइते भएका छन्।

घाइते चारै जनालाई जनकपुर प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपश्चात धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान पठाइएको छ।

घाइतेमध्ये इन्सपेक्टर दाहालको अवस्था गम्भीर छ।

राती १२ बजे साहको घर परिसरमा बम राखिएको खबर आएपछि महेन्द्रनगर इलाका प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थल पुगेको थियो।

भीड हटाउने क्रममा एक्कासी बम विस्फोट भएको सीडीओ कणेलले जानकारी दिए।

प्रजिअ कणेलले साहको घरमा बम विस्फोट गराउने समूहको खोजी भइरहेको बताएका छन्।

"हामी संलग्न व्यक्तिहरुको निकै नजिक पुगिसकेका छौं, अनुसन्धान कार्य प्रभावित हुनसक्ने भएकोले अहिले भन्न मिल्दैन", उनले भने।

राजेश साहले मिटर ब्याजीमा पैसा लगाउने गरेको खुलेको बताइएको छ।

चर्को ब्याजमा पैसा लगाउने भएकोले ऋण लिएको मान्छेले सो विस्फोट गरेको वा कोही समूहलाई प्रयोग गरेर गराएको हुनसक्ने सुरक्षा निकायको प्रारम्भिक अनुमान छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्