काठमाडौं। भारतीय योग गुरु रामदेवले कोरोनाविरुद्धको ट्याब्लेट भनी दाबी गरेको ‘कोरोनिल’ पुनः विवादमा परेको छ।
रामदेवको कम्पनी पतञ्जलिले निर्माण गरेको कोरोनिल केही समयअघि भारतका स्वास्थ्यमन्त्री हर्षवर्द्धनको उपस्थितिमा लन्च गरिएको थियो।
कोरोनिलले कोरोनाविरुद्ध काम गर्छ भन्नेबारे कुनै अनुसन्धान भएको छैन, तर रामदेवले भने यसले कोरोना ठीक पार्ने हावादारी दाबी गर्दै आएका छन्।
कोरोनिल परम्परागत ढंगमा जडिबुटीको मिश्रणबाट तयार पारिएको ट्याब्लेट हो। यसले मानव शरीरमा के र कसरी काम गर्छ भन्ने विषयमा समेत कुनै अनुसन्धान भएको छैन। तर, कोरोनाबाट अधिक प्रभावित भारतमा यसको प्रयोग सर्वसाधारणले गर्न थालेका छन्।
भारत मात्रै होइन, नेपाललगायत संसारका केही देशमा पतञ्जलिका विभिन्न उत्पादन ठूलो परिमाणमा खपत हुँदै आएका छन्। औषधिजन्य र खाद्य वस्तु बढी मात्रामा उपभोक्ताले प्रयोग गर्दै आएका छन्।
केही समयअघि भारत सरकारले पतञ्जलिका आधा दर्जनभन्दा बढी औषधिजन्य उत्पादनमाथि प्रतिबन्ध लगाएको थियो। केही जरिवाना पनि गरिएको थियो।
नेपालमा पनि पतञ्जलिको उत्पादन ‘बाम’ भिक्सको प्रयोगले शरीरको छाला ताछिने समस्या देखिएको थियो। पतञ्जलिकै टुथपेस्टले दाँत पहेँलो पार्ने समस्याबारे सञ्चारमाध्यममा आएको थियो।
तर, नियामक निकायको कमजोरीका कारण ती उत्पादनमाथि सरकारले कुनै कारबाही गर्न सकेन। पेट सफा पार्ने अन्य केही उत्पादनमाथि प्रतिबन्धको घोषणा भने भएको थियो।
कोरोनाबाट सारा संसार त्रस्त भइरहेका बेला रामदेवको कम्पनी पतञ्जलिले कोरोनिल ट्याब्लेट बजारमा पठाइदिँदा सर्वसाधारणले नपत्याउने कुरै भएन। किनकि, भारतमा उनको विश्वास गर्ने जमात निकै ठूलो छ।
त्यतिमात्र होइन, उनको कम्पनीले मिडियामा दिने विज्ञापनको आकार पनि पछिल्लो समय निकै बढेको छ। यसले जनस्वास्थ्यमा पतञ्जलिले पारेका कुनै पनि अप्ठेराबारे समाचार कमै मात्र आउने गर्छ। साथै, रामदेवलाई सत्तारुढ पार्टीका तर्फबाट समेत समर्थन प्राप्त हुनाले पतञ्जलिका विरुद्धमा त्यहाँका सञ्चारमाध्यम उतिसारो खुल्दैनन्।
तर, जब पतञ्जलिको कोरोनिलबारे निरन्तर झुटो दाबीसहित रामदेव सार्वजनिक हुन थाले तब भने मानिसहरुमा आशंका बढ्न थाल्यो।
रामदेवले सर्वप्रथम गत वर्षको जुन महिनामा बिनाआधार कोरोनिललाई कोरोनाविरुद्धको औषधि भन्दै प्रचार गरेपछि यसको विवाद चुलिँदै गएको हो।
भारत सरकारले कोरोनिल बजारमा जान रोक लगायो। र, यसले कोरोनाविरुद्ध कसरी प्रभावकारी काम गर्न सक्छ भन्ने आधार सरकारले माग्दा पतञ्जलिले दिन सकेको थिएन।
कोरोनिललाई ‘इम्युनिटी बुस्टर’ मान्दै बेच्न सकिने सरकारले बताएको थियो।
फेबु्रअरी १९ मा पतञ्जलिले एक कार्यक्रम गर्यो, त्यसमा स्वास्थ्यमन्त्री हर्षवर्द्धन सहभागी भए। त्यहाँ पनि रामदेवले कोरोनिलले कोरोना ठीक पार्ने दाबी गर्न भ्याए।
रामदेवले निरन्तर गलत दाबी गर्दै आएको कोरोनिलको कार्यक्रममा केन्द्रीय स्वास्थ्यमन्त्रीको सहभागिता हुनु दुर्भाग्यपूर्ण भन्दै इन्डियन मेडिकल एसोसिएसनले आलोचना गर्यो।
कुनै एक कम्पनीले बनाएको अवैज्ञानिक औषधिको प्रचार कार्यक्रममा स्वास्थ्यमन्त्रीको सहभागिता हुनुलाई भारतमा सर्वसाधारण जनताको अपमानका रुपमा एसोसिएसनले लिएको थियो।
यसबारे स्वास्थ्यमन्त्री हर्षवर्द्धनले अहिलेसम्म कुनै जवाफ दिएका छैनन्। पतञ्जलि आफैं मन्त्रीको बचाउमा उत्रिएको थियो।
पतञ्जलिका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले बीबीसीसँगको कुराकानीमा भनेका थिए, ‘‘कोरोनिलबाट मानिसहरुको उपचार भएको छ।’’ त्यतिमात्र होइन कम्पनीले कोरोनिलको वैज्ञानिक ट्रायलसमेत भएको दाबी गरेको थियो र त्यसको नतिजा थुप्रै अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भएको बताएको थियो।
यथार्थमा ती सबै झुटा दाबी थिए। कुनै पनि जर्नलमा छापिएको कोरोनिलसम्बन्धी अध्ययनमा यसले कोरोना नियन्त्रणमा सहयोग गर्ने उल्लेख छैन।
त्यसपछि भने पतञ्जलिले कोरोनिलले कोरोना नियन्त्रणमा काम गर्ने सन्दर्भको शोध २०२१ म छापिन लागेको बताएर पुनः झुटो कुरा सार्वजनिक गर्यो।
रामदेवको ख्याति भारतमा निकै ठूलो छ। एनले गरेका हरेक कुरा र उनी संलग्न पतञ्जलिबारे निरन्तर चर्चा हुन गर्छ। कोरोनिलबारे पनि भारतमा ठूलो हल्लीखल्ली मच्चियो।
त्यसपछि सरकार गम्भीर बन्दै यसबारे अध्ययन गर्न थाल्यो। र, अन्त्यमा सरकारले जनवरीमा कोरोनिललाई कोरोनाविरुद्धको ‘सहायक औषधि’ मान्न सकिने भन्दै मञ्जुरी दियो।
विभिन्न जडिबुटी मिसाएर तयार पारिएको कोरोनिलमा भिटामिन सी, मल्टी भिटामिन र ताकत दिने सहायक आयुर्वेदिक औषधिका रुपमा प्रयोग गर्न सकिने सरकारले जानकारी दियो। र, जनता भ्रममा नपरुन् भन्दै पारम्परिक चिकित्सा विभागका तर्फबाट विज्ञप्ति जारी गर्दै सरकारले भन्यो, ‘‘कोरोनिल कोरोनाविरुद्धको औषधि होइन।’’
विश्व स्वास्थ्य संगठनले बीबीसीसँग कोरोनिलबारे भन्यो– ‘अहिलेसम्म कुनै प्रमाण मिलेको छैन कि, कोरोनिल कोरोनाविरुद्धको उपचारमा काम लाग्छ या यसले भाइरसबाट बचाउँछ।’’
विश्व स्वास्थ्य संगठन, शोधकर्ता, चिकित्सक तथा वैज्ञानिकले नै कोरोनिल कोरोनाको औषधि होइन भनिसकेपछि पनि भारतमा यसको प्रयोग तीव्र गतिमा बढिरहेको छ।
पतञ्जलिको व्यापार बढिरहेको छ, मानिसहरु कोरोनिल खाँदै कोरोनाबाट जोगिएको भ्रममा पर्ने गरेका छन्। (बीबीसीको सहयोगमा)