काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिका–४ का सवारी चालक विरबहादुर मगरलाई ८ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।
टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले मगरलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
धनुषाको बटेश्वर गाउँपालिका–४ का गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने उजुरी परेपछि अख्तियारले क्षेत्रीमाथि निगरानी राखेको थियो।
अध्यक्ष क्षेत्री गाउँपालिकाका सवारी चालक मगरले चलाएको प्र.२–०२–००१ झ ०००२ नम्बरको कालो रंगको स्करपियो गाडीमा ८ लाख घुस रकम लिई हिँडेका थिए।
सोही क्रममा अख्तियारको टोलीले पक्राउ गर्न खोज्दा धनुषाको छिरेश्वर नगरपालिका–५ को बाटोमा रकम फाली गाउँपालिका अध्यक्ष फरार भएका थिए। त्यसपछि अख्तियारको टोलीले सवारी चालक मगरलाई वटेश्वर गाउँपालिका–४ बाट पक्राउ गरेको थियो।
“सवारी चालक र उक्त नगद रकम नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ”, अख्तियारद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।