काठमाडौं। स्थानीयवासीलाई उद्धत गर्दै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (सीडिओ) झरेन्द्रप्रसाद चापागाईले जिल्लाको दोभान बजारमा ४० देखि ५० घर पसल जलेर नस्ट भइसकेको बताएका छन्।
आगलागी भइरहेकाले नियन्त्रणमा आउन समय लाग्ने उनको भनाइ छ।
“हामी आगो नियन्त्रणको प्रयास गरिरेहका छौं, अब थप फैलिन सक्दैन भन्ने हो, अहिले फुङ्लिङबाट अग्नि नियन्त्रक ल्याएर आगलागी नियन्त्रणको प्रयास गरिरहेका छौं, हामीले पाँचथरका प्रजिअ पुण्यप्रसाद ढकाललाई पनि फिदिमदेखि अग्नि नियन्त्रक पठाउन भनेका छौं, आउँदै छ”, सीडिओ चापागाईले बताए।
आगलागी बिहान ९ बजेपछि भएको हो। आगलागी स्थानीय भोला पौडेलको घरदेखि सुरू भएको हो।
आगलागी कसरी भयो भन्ने यकिन हुन बाँकी छ। तैपनि केही थानीय भोला पौडेलले घरमा पूजा गर्ने क्रममा सल्काएको दियोबाट आगलागी भएको स्थानीयले बताएका सीडिओ चापागाईले बताए। उनका अनुसार केहीले भने विद्युत सर्ट भएर आगलागी भएको बताएका छन्।
" /> काठमाडौं। स्थानीयवासीलाई उद्धत गर्दै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (सीडिओ) झरेन्द्रप्रसाद चापागाईले जिल्लाको दोभान बजारमा ४० देखि ५० घर पसल जलेर नस्ट भइसकेको बताएका छन्।आगलागी भइरहेकाले नियन्त्रणमा आउन समय लाग्ने उनको भनाइ छ।

">