भोजपुरमा ८६ जनाको निशुल्क आँखाको शल्यक्रिया
<p>भोजपुर। भोजपुरमा ८६ जना आँखाका बिरामीहरुको नि:शुल्क शल्यक्रिया गरिएको छ।</p>
<p>नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र भोजपुर र विराटनगर आँखा अस्पतालको सहकार्यमा सञ्‍चालन गरिएको शिविरमा ६०१ जनाको आँखा तथा कानको उपचार गरिएको केन्द्रका प्रमुख विजय तामाङ्गले बताए। </p>
<p>२५-२७ मंसीरमा सञ्‍चालन गरिएको शिविरमा ७७ जनाको मोतियाविन्दु र ९ जनाको आँखाको सामान्य शल्यक्रिया गरिएको छ। </p>
<p>तीन दिन सञ्चालन भएको शिविरमा विराटनगर आँखा अस्पतालका नेत्ररोज विशेषज्ञ डाक्टर विवेक झा लगायतले शल्यक्रिया तथा उपचार गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्