काठमाडौं। चीन विदेशी पत्रकारका लागि निरन्तर असुरक्षित साबित हुँदै आएको छ।
कतिपयले यसलाई चीनविरुद्ध उठ्ने आवाजलाई दबाउन चालिएको कदमका रुपमा लिएका छन्। त्यस विशाल मुलुकमा बसेर काम गर्ने पत्रकारका लागि सन् २०२० थप खराब वर्ष रहेको देखिएको छ।
चीनले यस अवधिमा १८ जना पत्रकारलाई निष्कासन गरेको छ। यो संख्या सन् १९८९ को तियानमेन चोक काण्डपछिको सबैभन्दा ठूलो हो। यो जानकारी फरेन करेस्पोन्डेन्ट क्लब अफ चाइना (एफसीसीसीसी)ले दिएको हो।
एफसीसीसीसीका अनुसार चिनियाँ अधिकारीहरुले यो समयमा संवाददाताहरुलाई कोरोना महामारीको समाचारमात्र लेख्नेमा सीमित गरिदिएका छन्।
त्यसदेखि बाहेक विषयमा रिपार्टिङ गर्ने पत्रकारलाई खोजीखोजी निष्कासन गरिएको छ। चिनियाँ अधिकारीहरुले २०२० मा विदेशी पत्रकारलाई अन्य विषयमा रिपोर्टिङ गर्ने सन्दर्भमा विफल पारिदिएको एफसीसीसीसीको भनाइ छ।
राज्यका सबै अंग कोरोना भाइरस नियन्त्रणमा केन्द्रित भएको र यसमा पत्रकारको प्रयोग गरिएको छ, नमानेमा धम्काउने र दुःख दिने काम गरिएको छ।
विदेशी मिडियामार्फत् चीनको यथार्थ तस्बिर बाहिर ल्याउन चाहने कतिपय व्यक्तिलाई समेत दुःख दिइएको छ । विदेशी पत्रकारसँग कुराकानी गर्नेमाथि सरकारले निगरानी बढाएको छ।
एफसीसीसीसीको रिपोर्टअनुसार, पछिल्लो समय चीनबाट रिपोर्टिङ गर्ने एक जना पत्रकारले पनि स्थितिमा सुधार आएको बताएका छैनन्।
विदेशी रिपोर्टरलाई राष्ट्रिय सुरक्षा जाँचको बहानामा दुःख दिन थालिएको सर्वेक्षणले देखाएको छ। कतिपय पत्रकारलाई देश नछाड्न आदेश पनि दिइएको छ। (एजेन्सी)