कावासोतीमा सेना चढेको बस पल्टियो, ३० जना घाइते
कावासोती। पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौैको छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हुँदा ३० सैनिक घाइते भएका छन्।

ना ६ ख ४०४ नम्बरको बस अनियन्त्रित भई राजमार्गदेखि १० मिटर तल खसेको हो।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी निरीक्षक अर्जुन अधिकारीले बताए।

दुर्घटनामा परी घाइते भएका १८ जनाको कावासोतीस्थित नवलपुर अस्पताल र १२ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

बसमा ४० जना नेपाली सेना सवार थिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्