काठमाडौँ। चितवन र बर्दियामा जंगली जनावरको आक्रमणमा परी दुईजनाले ज्यान गुमाएका छन् भने एकजना घाइत भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यनूकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चितवनको माडी नगरपालिका-६ स्याउलिबासस्थित कल्याणपुरमा नीलगाईको आक्रमण गर्दा ६० वर्षीय पुरुषको मृत्यु भएको हो।
कल्याणपुर सामुदायिक वनमा घाँस काट्ने क्रममा अचानक नीलगाईले आक्रमण गरेको थियो।
चितवनकै माडी नगरपालिका-१ वनकट्टामा भालुले आक्रमण गर्दा एकजना ५३ वर्षीय पुरुष घाइते भएका छन्। बारीमा बाख्रा चराउने क्रममा अचानक भालुको आक्रमणमा परी उनी घाइते भएका हुन्।
बर्दियाको राजापुर नगरपालिका-१० कालाबन्जरा बस्ने एकजना ६५ वर्षीय पुरुषको बाघको आक्रमणमा परी मृत्यु भएको छ।
गेरुवा कर्णाली नदीको टापुमा भैंसी चराउन गएको अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाघले आक्रमण गर्दा उनको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
२०७७ साल सुरु भएयता हालसम्म देशभर जनावरले २०३ जनामाथि आक्रमण गरेको छ। ती आक्रमणमा परी २६ जनाको मृत्यु भएको छ भने १६३ जना घाइते भएका छन्।
" /> काठमाडौँ। चितवन र बर्दियामा जंगली जनावरको आक्रमणमा परी दुईजनाले ज्यान गुमाएका छन् भने एकजना घाइत भएका छन्।राष्ट्रिय विपद् जोखिम न्यनूकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चितवनको माडी नगरपालिका-६ स्याउलिबासस्थित कल्याणपुरमा नीलगाईको आक्रमण गर्दा ६० वर्षीय पुरुषको मृत्यु भएको हो।

">