काठमाडौँ। सर्वोच्च अदालतले नेपाल भाषाका अभियन्ता सुमन सायमीलाई तत्काल थुनामुक्त गर्न आज आदेश गरेको छ।
न्यायाधीशहरू दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले कानुनविपरीत थुनामा राखिएको भन्दै तत्काल सायमीलाई थुनामुक्त गर्न आदेश गरेको हो।
के अपराधिक काम गरेको भन्ने स्पष्ट नखुलेको कारण उनीहरूलाई आफ्नो सम्पत्ति रक्षार्थ विचार अभिव्यक्ति गरेको कारणबाट पक्राउ गरेको देखिएको अदालतले आदेशमा उल्लेख गरेको छ। बिना कारण पक्राउ गरी थुनामा राख्ने काम औचित्यपूर्ण नदेखिएकाले आजै थुनामुक्त गर्न सर्वोच्चले आदेश गरेको हो।
घरजग्गाको रक्षा हुनुपर्ने भन्दै धर्नामा बसेकालाई पक्राउ गरी थुनामा राखेको बेलामा भेट्न गएकाहरूले समेत नेपाल भाषा बोलेको भन्दै सायमीलाई प्रहरीले पक्रेको थियो। त्यसैविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन परेको थियो।
" /> काठमाडौँ। सर्वोच्च अदालतले नेपाल भाषाका अभियन्ता सुमन सायमीलाई तत्काल थुनामुक्त गर्न आज आदेश गरेको छ।न्यायाधीशहरू दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले कानुनविपरीत थुनामा राखिएको भन्दै तत्काल सायमीलाई थुनामुक्त गर्न आदेश गरेको हो।

">