लिगको पहिलो खेल दशरथ रंगशालामा नहुने
काठमाडौं। शहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो खेल दशरथ रंगशालामा नहुने भएको छ।

मछिन्द्र र ब्रिगेड ब्वाइज क्लबबीच हुने भनिएको लिगको पहिलो खेल सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा हुने भएको छ।

यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भनिए पनि एन्फाले आज बिहान मात्रै खेल सातदोबाटो सारेको छ।

जसका कारण क्लबका प्रतिनीधिहरु आक्रोशित बनेका छन्।

२७ मंसीरको वर्षाका कारण मैदान धेरै हिलो भएकाले लिगको पहिलो सातदोबाटो सार्नुपरेको एन्फाले जनाएको छ।

‘रंगशालाको मैदान पानिका कारण धेरै चिप्लो छ। त्यस्तो अवस्थामा हामीले यहाँ खेला गरायौं भने सबै दुबो मर्छ। रंगशालाको दुबो जोगाउन लागि पनि आज यहाँ खेलाउन उपयुक्त हुदैन,’ एन्फाले जनाएको छ।

शुक्रबार बर्षा भएको दिन एन्फाले जापान फुटबल लिगको टोली र नेपाल निलो टोलीको खेल दशरथ रंगशालामा खेलाएको थियो।

उक्त खेलमा नेपाल निलो ४-० ले पराजित भएको थियो।

नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको भनिने दशरथ रंगशाला १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि तयार पारिएको थियो।

सागको उद्घाटन र समापन तथा फुटबलको नियमित खेलका कारण रंगशालाको दुबो बिग्रिसकेको थियो।

लगत्तै झरीको दिन रंगशालामा जापानी टोलीविरुद्ध नेपाल निलोको खेलले सबै मैदान बिग्रिएको छ।

जसका कारण रंगशालामा हुने भनिएको ‘ए’ डिभिजनको उद्घाटन खेल एन्फा मुख्यालयको मैदानमा सरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्