काठमाडौं। अलीबाबा कम्पनीका संस्थापक ज्याक मा अब चीनका सबैभन्दा धनीको सूचीमा रहेनन्। उनलाई बोतलबन्द पानी उद्यमी जोङ सनसानले उछिनेका छन्।
दोस्रो नम्बरमा टेन्सेन्ट होल्डिङका पोनी मा र तेस्रो धनी चिनियाँ नागरिक कोलिन हुआङ बन्न पुगेका छन्। यो सूची ‘हुरुन ग्लोबल रिच लिस्ट २०२१’ मार्फत् सार्वजनिक भएको हो।
हुरुनको सूचीमा पनि संसारको सबैभन्दा धनी व्यक्तिको स्थान टेस्ला कम्पनीका मालिक एलन मस्कले नै ओगटेका छन्। उनको सम्पत्ति एक वर्षमा ३२८ प्रतिशत बढेर १७९ अर्ब डलर हुन पुगेको छ।
हुरुनको सूचीमा सम्मिलित तीन व्यक्ति यस्ता छन्, जसले एक वर्षमा आफ्नो सम्पत्तिमा ५० प्रतिशत वृद्धि गरेका छन्। यसमा टेस्लाका मस्कका साथै अमेजनका जेफ बेजोस र चिनियाँ कम्पनी पिन्डुओडुओका कोलिन हुआङ रहेका छन्।
बेजोस र हुआङ दुवैको सम्पत्ति वर्ष दिनमा ५०–५० अर्ब डलर बढेको छ।
उता, भारतमा पनि अर्बपति क्लबमा प्रवेश गर्ने धनीहरु ब्ढिरहेका छन्। हुरुनका अनुसार भारतीय व्यापारी मुकेश अम्बानी संसारको आठौं धनीमा उक्लिएका छन्। उनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन्।
गत वर्ष अम्बानीको सम्पत्ति २४ प्रतिशत बढेको छ। उनी अब ८३ अर्ब डलरको मालिक भएका छन्। हुरुनका अनुसार भारतीय अर्बपतिमा अम्बानीका साथै गौतम अडाणी, शिव नादर, लक्ष्मी एन मित्तल, साइरस पुनवाला रहेका छन्।
हुरुनको सूचीले भारतमा २०९ जना अर्बपति रहेको देखाएको छ। यसमध्ये, १७७ जना भारतमै बसोबास गर्छन्। अमेरिकामा भने यस्ता अर्बपति ६८९ जना पुगेका छन्।
भारतमा गत वर्षमात्रै ५० जनाले अर्बपति क्लबमा फड्को मारेका छन्। भारतमा गत वर्ष आफ्नो सम्पत्तिमा अधिक वृद्धि गर्नेमा जेडस्केलरका जय चौधरी रहेका छन्। उनी वर्ष दिनमा २७१ प्रतिशत सम्पत्ति बढाउन सफल भए।
हुरुनको सूचीमा मस्क, बेजोसपछि तेस्रो नम्बरमा फ्रान्सका बर्नार्ड आर्नोल्ट रहेका छन्। त्यसपछि चौथोमा बिल गेट्स, मार्क जुकरबर्ग, वारेन बफेट र सातौं नम्बरमा चिनियाँ व्यापारी जोङ सनसान रहेका छन्, त्यसपछि भने आठौं स्थानमा भारतका अम्बानी छन्। (एजेन्सी)