धनुषा बम विस्फोटमा घाइते इन्सपेक्टरको पनि मृत्यु

धनुषामा बम विस्फोट, बाबुछोराको मृत्यु, इन्सपेक्टरसहित चारजना गम्भीर घाइते

" /> धनुषा बम विस्फोटमा घाइते इन्सपेक्टरको पनि मृत्यु

धनुषामा बम विस्फोट, बाबुछोराको मृत्यु, इन्सपेक्टरसहित चारजना गम्भीर घाइते

"> धनुषा बम विस्फोटमा संलग्नताको आशंकामा तीनजना पक्राउ, शंकाको सुई चन्द समूहतिर: Dekhapadhi
धनुषा बम विस्फोटमा संलग्नताको आशंकामा तीनजना पक्राउ, शंकाको सुई चन्द समूहतिर
काठमाडौं। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजारमा भएको बम विस्फोटमा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

धनुषा प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशंकामा २ जना महिला र १ जना पुरुष पक्राउ गरेको प्रहरीले स्रोतले जानकारी दिएको छ। पक्राउ परेकाहरुको नाम भने खुलाइएको छैन।

घटना लगत्तै प्रदेश प्रहरी कार्यालय जनकपुर, संघीय प्रहरी कार्यालयलगायत जिल्लाका टोली अनुसन्धानमा खटिएका छन्।

बम विस्फोट कसले गरेको भन्ने अहिलेसम्म खुलेको छैन। तर, प्रहरीले भने घटनामा नेत्रविक्रम चन्द समूहमा लागेका व्यक्तिहरुबाट गराइएको हुन सक्ने आशंका गरेको छ।

चन्द समूहकै कार्यकर्ताबाट विभिन्न ठाउँमा विस्फोटका घटना भइरहेका बेला यो विस्फोटमा पनि उनीहरुकै संलग्नता हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

“बम निकै शक्तिशाली नै हो। यो नितान्त आपराधिक क्रियाकलाप गर्ने मानिसहरुकै योजनामा भएको देखिन्छ” ,एक प्रहरी अधिकृतले भने,“अनुसन्धानपछि मात्रै कसले र किन विस्फोट गरायो भन्ने खुल्ला।”

विष्फोट गराइएको बम रिमोट कन्ट्रोल वा टाइम बम भएको हुन सक्ने प्रहरीको अनुमान छ।

विस्फोटमा मारिएका ४५ वर्षीय राजेश साह पेशाले मेडिकल व्यवसायी हुन्। उनको र नेत्रविक्रम चन्द समूहमा लागेका केही मानिसहरुबीच लेनदेनको विवाद रहेको खुल्न आएको छ।

“लेनदेनकै विषयमा चन्द समूहका एकजना कार्यकर्ता र साहबीच पटक–पटक विवाद भएको देखिन्छ,” ती प्रहरी अधिकृतले भने,“उनकै योजनामा त्यो विस्फोट भएको पनि हुन सक्छ।”

चन्द समूहका कार्यकर्ताले साहसँग चन्दा माग्ने गरेको पनि प्रारम्भिक अनुसन्धानले देखाएको छ।

विस्फोटमा परेर साहका १६ वर्षीय छोरा आनन्द र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर कुमार दाहाल सहित तीन जनाको मृत्यु भएको हो।

साहका अर्का छोरा प्रकाश , छोरी अन्जली र प्रहरी जवान रिजन महतो घाइते छन्।

उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

२ नम्बर प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी राजेन्द्रप्रसाद चौधरीले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र अहिले नै कसले र किन विस्फोट गराएको भन्ने प्रष्ट भइनसकेको देखापढीलाई जानकारी दिए।

यसैबीच गृहमन्त्री रामबहादुर थापाले धनुषाको बम काण्डका दोषीलाई कारबाही गरीछाड्ने जनाएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाले आफूलाई निकै स्तब्ध बनाएको पनि बताएका छन्। “मृतकहरूमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु”, उनले भनेका छन्,“घटनामा संलग्न अपराधीलाई कानूनी कारबाहीको दायरामा ल्याई छाड्ने सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु।”

विष्फोटमा मृत्यु भएका प्रहरी निरीक्षक दाहालको शव हेलिकप्टरबाट काठमाडौं ल्याइँदैछ।

पढ्नुहोस्

धनुषा बम विस्फोटमा घाइते इन्सपेक्टरको पनि मृत्यु

धनुषामा बम विस्फोट, बाबुछोराको मृत्यु, इन्सपेक्टरसहित चारजना गम्भीर घाइते

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्