काठमाडौं। अमेरिकाले मंगलबार रुसी अधिकारीहरु तथा व्यापारमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। रुसका विपक्षी नेता अलेक्सी नभल्नीमाथि सांघातिक हमला र उनलाई जेलमा राख्ने कार्यको आलोचना गर्दै अमेरिकाले प्रतिबन्धको घोषणा गरेको हो।
राष्ट्रपति जो बाइडेन प्रशासनका वरिष्ठ अधिकारीहरुले को व्यक्तिमाथि प्रतिबन्ध लगाइने र कुन सामान रोकिने भन्ने खुलाएका छैनन्। प्रशासनले अमेरिकी रसायन एवम् जैविक शस्त्र नियन्त्रण तथा युद्ध उन्मूलन अधिनियमअन्तर्गत १४ व्यापार तथा अन्य उद्यममाथि पनि प्रतिबन्धको घोषणा गरेको छ।
यीमध्ये अधिकांश जैविक रसायनबाट विष बन्छ। रुसी संघीय सुरक्षा सेवाले गत वर्ष अगस्टमा विपक्षीमाथि रुसी नर्भ एजेन्ट (एक प्रकारको विष) ‘नोभिचोक’ प्रयोग गरेको अमेरिकी जासुसी संयन्त्रले पत्ता लगाएको अधिकारीहरुले बताएका छन्।
अमेरिकी प्रशासनले रुसका विपक्षी नेताहरुमाथिको सांघातिक हमला तथा अमेरिकी एजेन्सी र कारोबार ह्याक गरेको सन्दर्भमा राष्ट्रपति भ्लादिमिर पुटिनको सामना गर्नेसमेत बताएको छ। रुसमाथि कदम चाल्दा अमेरिकाले युरोपियन युनियन(ईयू)सँग समन्वय गरेको छ।
ईयूले नभल्नी प्रकरणलाई लिएर केही रुसी अधिकारीमाथि प्रतिबन्ध लगाइसकेको छ। मंगलबार मात्रै ईयूले नभल्नीलाई जेल पठाउने निर्णयमा सहभागी अधिकारीमाथि प्रतिबन्धको घोषणा गर्यो। ४४ वर्षीय नभल्नी रुसको नर्भ एजेन्ट हमलाका कारण सख्त विरामी परेका थिए।
जर्मनीमा उपचार गरेर उनी जनवरीमा रुस फर्किएका थिए, मस्को पुगेपछि उनलाई देशको नीति-नियम उल्लंघन गरेको भन्दै पुनः पक्राउ गरिएको थियो। उनको पक्राउको चौतर्फी विरोध भएको थियो।
(एजेन्सी)
" /> काठमाडौं। अमेरिकाले मंगलबार रुसी अधिकारीहरु तथा व्यापारमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। रुसका विपक्षी नेता अलेक्सी नभल्नीमाथि सांघातिक हमला र उनलाई जेलमा राख्ने कार्यको आलोचना गर्दै अमेरिकाले प्रतिबन्धको घोषणा गरेको हो।यीमध्ये अधिकांश जैविक रसायनबाट विष बन्छ। रुसी संघीय सुरक्षा सेवाले गत वर्ष अगस्टमा विपक्षीमाथि रुसी नर्भ एजेन्ट (एक प्रकारको विष) ‘नोभिचोक’ प्रयोग गरेको अमेरिकी जासुसी संयन्त्रले पत्ता लगाएको अधिकारीहरुले बताएका छन्।

">