जानकी मन्दिरको वृहत गुरूयोजना निर्माण गरिने
जनकपुर। धनुषाको जनकपुरमा रहेको जानकी मन्दिरको वृहत गुरूयोजना निर्माण गरिने भएको छ।

प्रदेश सरकारले २७ मंसीरमा आयोजना गरेको सर्वपक्षीय छलफलले गुरूयोजना बनाएर काम अघि बढाउने निर्णय गरेको हो।

मुख्यमन्त्री लालबाबु राउतको सक्रियतामा जानकी मन्दिर परिसरमा सर्वपक्षीय बैठक बसेको र जानकी मन्दिरको धार्मिक सांस्कृतिक महत्वलाई थप सशक्त बनाउनुका साथै धार्मिक पर्यटनमा वृद्धि गर्ने उद्देश्यसहित काम अघि बढाउने निर्णय भएको हो।

जानकी मन्दिरमा जारी सौन्दर्यीकरणलाई ३ महिनाभित्र सम्पन्न गर्दै थप सौन्दर्यीकरण गर्न तेलहा मरहा, विवाह मण्डपलाई समेटिने छ।

प्रदेश सरकार, जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका र पुरातात्व विभागको संयुक्त प्राविधिक टोलीले काम थाल्ने सहमति भएको छ।

टोलीले आवश्यकता अनुसार भारतीय साँस्कृतिक प्राविधिकको सहयोग लिन सक्ने मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री राउतले जानकी मन्दिर परिसरमा सवारीसाधन आवागमन निषेध गर्न र जानकी मन्दिर परिसरको सुरक्षा गर्न छिट्टै प्रहरी परिचालनको व्यवस्था मिलाउने बताए।

जानकी मन्दिरका उत्तराधिकारी महन्थराम रोशन दासको अध्यक्षतामा भएको बैठकमा प्रथम प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थसहित राजनीतिक दलका नेता, सुरक्षाकर्मी लगायत सरोकारवालाको सहभागिता रहेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्