काठमाडौं। नेपाली सेनाको तीन-दिने पृतनापति समन्वयात्मक बैठक आजबाट सैनिक मुख्यालय जंगी अड्डामा सुरु भएको छ।
प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बैठक सुरु गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
कार्यक्रममा प्रधानसेनापति, रक्षा मन्त्रालयका प्रतिनिधि, जङ्गी अड्डाका पीएसओज, रथीवृन्द, सबै पृतनाका पृतनापतिहरूलगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यकाभित्र रहेका वाहिनी अड्डाका वाहिनीपतिहरूको समेत उपस्थिति रहेको थियो।
शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली सेनाको व्यावसायिकता, लगनशीलता र कर्तव्यबोधको भावनाको उच्च प्रशंसा गरेका थिए।
प्रत्येक ६-६ महिनामा आयोजना हुने रणनीतिक तहको पृतनापति बैठकले विगतको गहन समीक्षासहित नेपाली सेनाको भावी कार्यदिशा र कार्य योजनाको लागि ठोस आधार निर्माण गर्न सफल हुने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गरेका थिए।
सम्बोधनकै क्रममा उनले यस प्रकारको बैठकमा हुने छलफल तथा त्यसका निष्कर्ष विशेषतः नेपाली सेनाका फिल्डमा तैनाथ पृतना, बाहिनी, गण तथा गुल्महरूका लागि मार्गदर्शन हुने कुरामा आफू पूर्ण रूपले विश्वस्त रहेको बताए।
कार्यक्रममा प्रधानसेनापति पुर्णचन्द्र थापाले नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित सबल, सक्षम र सुदृढ सङ्गठनको रूपमा विकास गर्ने लक्ष्य प्राप्तिको लागि परिवर्तनलाई संस्थीकरण गर्दै कार्यसंस्कृतिका रूपमा स्थापित गर्दै लानुपर्ने आवश्यकता रहेको औंल्याए।
समन्वयात्मक बैठकले विषयगत तथा क्षेत्रगत रूपमा हाल भइरहेका कार्यहरूको बारेमा समीक्षा गर्नुका साथै आवश्यक सुधार, सुदृढीकरण र दीगोपनाका लागि आगामी कार्यदिशा तय गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास प्रधानसेनापति थापाले व्यक्त गरे।
कार्यक्रम नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले स्वागत मन्तव्य राख्दै राष्ट्रिय सुरक्षा नीति तथा प्रतिरक्षा नीतिको सफल कार्यान्वयनको लागि दक्ष, व्यावसायिक र उच्च मनोबल भएको जनशक्तिको विकासमा नेपाल सरकारबाट प्राप्त निरन्तर सहयोगको लागि हार्दिक कृतज्ञता व्यक्त गरेका थिए।
समन्वयात्मक बैठकको दौरान नेपाली सेनाका महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरू तथा पृतनापतिहरूले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवं सुझावहरूसहितको प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको छ।
“यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रिया पश्चात प्राप्त हुने राय सुझावहरूले आगामी दिनहरूमा नेपाली सेनाको महत्त्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्याउने विश्वास नेपाली सेनाले लिएको छ,” निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।
" /> काठमाडौं। नेपाली सेनाको तीन-दिने पृतनापति समन्वयात्मक बैठक आजबाट सैनिक मुख्यालय जंगी अड्डामा सुरु भएको छ।प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बैठक सुरु गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

">