काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका-१४ तिखिदेवल बस्ने चितवन रत्ननगर नगरपालिका-१३ दयानगर घर भएका ४४ वर्षीय तेजबहादुर खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
उच्च अदालत पाटनको २०७६ असार २३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद र २१ लाख रूपैयाँ जरिवाना ठहर भएकोमा सजाय बेरुजु रही फरार रहेका थिए। खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले ललितपुर तिखिदेवलमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको आज प्रहरीले एक बुलेटिनमार्फत् जनाएको छ।
खड्काले २०७५ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी आफैले सञ्चालन गर्ने सफायर ट्रेडिङ् कम्पनी प्रा.लि. महालक्ष्मीस्थान, ललितपुरको नामबाट सञ्चालित सिभिल बैंक लिमिटेड, शाखा कार्यालय जावलाखेलको खाताबाट भुक्तान हुने गरी विभिन्न मितिका चेकहरू काटी पीडितलाई दिएर बैकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उक्त सजाय हुने गरी फैसला भएको थियो।
खड्कालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।
" /> काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका-१४ तिखिदेवल बस्ने चितवन रत्ननगर नगरपालिका-१३ दयानगर घर भएका ४४ वर्षीय तेजबहादुर खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।उच्च अदालत पाटनको २०७६ असार २३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद र २१ लाख रूपैयाँ जरिवाना ठहर भएकोमा सजाय बेरुजु रही फरार रहेका थिए। खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले ललितपुर तिखिदेवलमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको आज प्रहरीले एक बुलेटिनमार्फत् जनाएको छ।

">