काठमाडौं। गत १ फेब्रुअरीमा जननिर्वाचित सरकारलाई हटाएर सैनिक शासन लागू गरेको सेनाले जनताको शान्तिपूर्ण प्रदर्शनमा व्यापक दमन गर्न थालेको छ ।

सोही क्रममा बुधवार सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघले सेनाले सत्ता हातमा लिएयताकै रक्तपातपूर्ण दिन भएको बताएको छ ।

म्यानमारका लागि राष्ट्रसंघीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य समेटिएका भिडिओ फूटेजहरू बाहिर आइरहेको बताएकी छन् ।

प्रदर्शनमा व्यापक दमन गरेपछि बेलायतले राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ भने अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने बताएको छ।

सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ। म्यानमारका छिमेकीहरूले संयम अपनाउन आग्रह गरेको एक दिनपछि नै सो घटना भएको हो ।

राष्ट्रसंघीय दूत बूर्गनरले सेनाले शासन सम्हालेयता कम्तीमा ५० जना मारिएको र दर्जनौं घाइते भएको बताएकी छन् । उनका अनुसार एउटा भिडिओ क्लिपमा प्रहरीले निशस्त्र स्वास्थ्य स्वयमसेवकको टोलीलाई पिटिरहेको देखिएको छ ।

सेभ द चिल्ड्रेनका अनुसार बुधवार मारिनेमा १४ र १७ वर्षका किशोर समेत छन्। एकजना १९ वर्षीया युवती पनि मारिएको बताइएको छ।

सैनिक कूपछि नेत्री आङ सान सूचीसहित निर्वाचित सरकारका नेताहरूलाई हटाएर बन्दी बनाइएको छ। प्रदर्शनकारीहरूले उनीहरूको रिहाइ र सैनिक शासन अन्त्यको माग गरिरहेका छन्।

सेनाले नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै शक्ति हातमा लिएको छ। सो चुनावमा सूचीको दल नेशनल लिग फर डेमोक्रेसीले ठूलो जित हासिल गरेको थियो ।

" /> काठमाडौं। गत १ फेब्रुअरीमा जननिर्वाचित सरकारलाई हटाएर सैनिक शासन लागू गरेको सेनाले जनताको शान्तिपूर्ण प्रदर्शनमा व्यापक दमन गर्न थालेको छ ।

सोही क्रममा बुधवार सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघले सेनाले सत्ता हातमा लिएयताकै रक्तपातपूर्ण दिन भएको बताएको छ ।

म्यानमारका लागि राष्ट्रसंघीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य समेटिएका भिडिओ फूटेजहरू बाहिर आइरहेको बताएकी छन् ।

प्रदर्शनमा व्यापक दमन गरेपछि बेलायतले राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ भने अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने बताएको छ।

सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ। म्यानमारका छिमेकीहरूले संयम अपनाउन आग्रह गरेको एक दिनपछि नै सो घटना भएको हो ।

राष्ट्रसंघीय दूत बूर्गनरले सेनाले शासन सम्हालेयता कम्तीमा ५० जना मारिएको र दर्जनौं घाइते भएको बताएकी छन् । उनका अनुसार एउटा भिडिओ क्लिपमा प्रहरीले निशस्त्र स्वास्थ्य स्वयमसेवकको टोलीलाई पिटिरहेको देखिएको छ ।

सेभ द चिल्ड्रेनका अनुसार बुधवार मारिनेमा १४ र १७ वर्षका किशोर समेत छन्। एकजना १९ वर्षीया युवती पनि मारिएको बताइएको छ।

सैनिक कूपछि नेत्री आङ सान सूचीसहित निर्वाचित सरकारका नेताहरूलाई हटाएर बन्दी बनाइएको छ। प्रदर्शनकारीहरूले उनीहरूको रिहाइ र सैनिक शासन अन्त्यको माग गरिरहेका छन्।

सेनाले नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै शक्ति हातमा लिएको छ। सो चुनावमा सूचीको दल नेशनल लिग फर डेमोक्रेसीले ठूलो जित हासिल गरेको थियो ।

"> म्यानमारमा सैनिक शासकद्वारा दमन, कूपछिकै रक्तपातपूर्ण दिनमा ३८ जना मारिए: Dekhapadhi
म्यानमारमा सैनिक शासकद्वारा दमन, कूपछिकै रक्तपातपूर्ण दिनमा ३८ जना मारिए
काठमाडौं। गत १ फेब्रुअरीमा जननिर्वाचित सरकारलाई हटाएर सैनिक शासन लागू गरेको सेनाले जनताको शान्तिपूर्ण प्रदर्शनमा व्यापक दमन गर्न थालेको छ ।

सोही क्रममा बुधवार सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघले सेनाले सत्ता हातमा लिएयताकै रक्तपातपूर्ण दिन भएको बताएको छ ।

म्यानमारका लागि राष्ट्रसंघीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य समेटिएका भिडिओ फूटेजहरू बाहिर आइरहेको बताएकी छन् ।

प्रदर्शनमा व्यापक दमन गरेपछि बेलायतले राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ भने अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने बताएको छ।

सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ। म्यानमारका छिमेकीहरूले संयम अपनाउन आग्रह गरेको एक दिनपछि नै सो घटना भएको हो ।

राष्ट्रसंघीय दूत बूर्गनरले सेनाले शासन सम्हालेयता कम्तीमा ५० जना मारिएको र दर्जनौं घाइते भएको बताएकी छन् । उनका अनुसार एउटा भिडिओ क्लिपमा प्रहरीले निशस्त्र स्वास्थ्य स्वयमसेवकको टोलीलाई पिटिरहेको देखिएको छ ।

सेभ द चिल्ड्रेनका अनुसार बुधवार मारिनेमा १४ र १७ वर्षका किशोर समेत छन्। एकजना १९ वर्षीया युवती पनि मारिएको बताइएको छ।

सैनिक कूपछि नेत्री आङ सान सूचीसहित निर्वाचित सरकारका नेताहरूलाई हटाएर बन्दी बनाइएको छ। प्रदर्शनकारीहरूले उनीहरूको रिहाइ र सैनिक शासन अन्त्यको माग गरिरहेका छन्।

सेनाले नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै शक्ति हातमा लिएको छ। सो चुनावमा सूचीको दल नेशनल लिग फर डेमोक्रेसीले ठूलो जित हासिल गरेको थियो ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्