काठमाडाैं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमति भोलि सार्वजनिक गरिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्ने र सोही समारोहमा सहमति सार्वजनिक गरिने भएको हो ।
सरकार र विप्लव नेकपाको वार्ता टोलीबीचको सहमतिअनुसार भोलि दिउँसो २ बजे विशेष समारोह आयोजना गरिएको हो ।
सरकार र विप्लव नेकपाको वार्ता टोलीबीच बुधबार र बिहीबार वार्ता भएको हो । वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक गरिएको छ ।
जसमा सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति भएको उल्लेख गरिएको छ ।
सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सन्चालन गर्ने भने भने सरकारले विप्लव नेकपामाथिको प्रतिबन्ध हटाउने, पक्राउ परेका नेकपाका नेता कार्यकर्ता रिहा गर्ने र मुद्दाहरु खारेज गर्नेछ ।
सरकारले विप्लव नेकपामाथि २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।