अफगानिस्तानमा सहकर्मीले गाेली चलाउँदा २३ सुरक्षाकर्मी मारिए
<p>अफगानिस्तान। अफगानिस्तानको पूर्वीक्षेत्रमा पर्ने घाज्नी प्रान्तमा भएको घटनामा २३ सुरक्षाकर्मीको मृत्यु भएको छ। प्रान्तीय परिषद्का प्रमुख नासिर अहमद फाक्विरीले आज भएको आन्तरिक घटनामा उनीहरूको मृत्यु भएको जानकारी दिए।</p>
<p>क्वाराबाघ जिल्लामा रहेको एउटा सुरक्षाचौकीमा सुतिरहेका बेला आफ्नै सहकर्मीले गोली चलाएपछि उनीहरूको घटनास्थलमै मृत्यु भएको उनले बताए। आज बिहानको समयमा घटना भएको अधिकारीले जानकारी दिएका छन्। घटनामा परी अरू दुई सुरक्षाकर्मी घाइते भएका छन्। <em>रासस-सिन्ह्वा</em></p>
प्रतिक्रिया दिनुहोस्