बलेवा।

“लौन वनमा आगो लाग्यो, बाहिर निस्क!”

यही फागुन १० गते दिउँसो ३ बजेको हुँदो हो, गलकोट नगरपालिका-७ की थुमकुमारी थापा आत्तिएर गुहार माग्न थालिन्, “पल्लो गाउँको वनदेखि लागेको आगो हाम्रै वनमा आयो। लौ न निभाउनुपर्‍यो।”

उनले आगो निभाउनका लागि अनुरोध गर्दै गर्दा न त उनीहरूसँग पूर्वतयारी थियो, न सामग्री नै।

त्यो दिन गलकोटका तीन सामुदायिक वनमा आगलागीका घटना भए।

आगलागीका कारण झण्डै १०० हेक्टर क्षेत्रफलमा फैलिएका सामुदायिक वनको ६० हेक्टर क्षेत्रफलमा रहेका बुट्यान डढेलोका कारण जलेर नष्ट भएको प्रारम्भिक तथ्याङ्क डिभिजन वन कार्यालयसँग छ।

वनमा लागेको आगो बस्तीनजिकै फैलिन थालेपछि चिन्तामा रहेका स्थानीयवासी र प्रहरीको सक्रियतामा १८ घण्टापछि आगलागी नियन्त्रणमा आएको थियो। पूर्वतयारीबिनै आगो नियन्त्रणका लागि स्थानीय खटिएका थिए।

रातभरि अग्निरेखा काटेपछि बल्ल आगो नियन्त्रणमा आयो। भैँसे दानसिङडाँडा सामुदायिक वन गलकोट-५ देखि शुरु भएको आगो छिमेकी वडाको ठूलाचौर सामुदायिक वनसम्म फैलिएको थियो। आगलागीको कारण दानसिङडाँडा सामुदायिक वनको झण्डै ४० हेक्टर क्षेत्रफल क्षति भएको सामुदायिक वनका सदस्य मानबहादुर भण्डारीले बताए।

उता वडा नं ७ को ठूलाचौर सामुदायिक वनमा प्रवेश गरेसँगै झण्डै २० हेक्टर क्षेत्रफल क्षति भएको वन उपभोक्ता समितिका अध्यक्षसमेत रहेका थापाले जानकारी दिए।

गलकोटमा आगो लागेको सात दिनपछि बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको माझकटेरी सामुदायिक वनमा भीषण आगलागी भयो। वनमा लागेको आगो बस्तीनजिक आउन थालेपछि स्थानीयवासी नियन्त्रणका लागि कस्सिएका थिए।

आगोले १०० हेक्टर जमिनमा रहेका बुट्यान मासेपछि मात्रै नियन्त्रणमा आयो। स्थानीयवासीले अग्निरेखा बनाएरै आगो नियन्त्रणमा लिएको सोही गाउँका बाबुराम भण्डारी भन्छन्। आगलागीले मासेको वन क्षेत्रको प्रारम्भिक तथ्याङ्क मात्रै डिभिजन वन कार्यालयमा आएको छ।

धम्जाको आगो निभाउनका लागि सदरमुकाममा रहेको विपत् व्यवस्थापन गुल्म पुग्नुपरेको थियो। भौगोलिक हिसाबले टाढा रहेको गुल्मको तालिमप्राप्त समूह पुग्ने बेलासम्म आगो धेरै फैलिइसकेको थियो।

यही फागुन १८ गते जैमिनी र बागलुङ नगरपालिकाको सीमा क्षेत्रको वनमा आगलागी भयो। जैमिनी–१ का तारेभिर, लजुकेनी अर्खलापाटा सामुदायिक वन क्षेत्रनजिकैबाट फैलिएको आगो बागलुङ नगरपालिका–१२ अमलाचौरको निजी वन क्षेत्रमा समेत फैलियो। त्यहाँको आगो नियन्त्रणका लागि समेत अग्निरेखा महत्त्वपूर्ण सावित भयो।

यी गर्मीयाम शुरु हुनै लाग्दा बागलुङमा भएका आगलागीका प्रतिनिधि घटना मात्रै हुन्। यस मौसममा बागलुङमा हरेक वर्ष हजारौँ हेक्टर जमिनमा आगलागी हुने गरेको छ। “विपद् व्यवस्थापन कोष छ, प्रकोपसँगका सबै समस्यासँग जुध्ने त्यहीँबाट हो,” काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा भन्छन्, “आगलागी नियन्त्रणका लागि छुट्टै योजना छैन।”

यहाँका वनक्षेत्र अधिकांश बस्तीको नजिकै पर्छन्। वनमा लागेको आगो समयमा नियन्त्रण नहुँदा बस्तीमा ठूलो क्षति हुने सम्भावना रहने बागलुङ-१२ का स्थानीयवासी हरि पौडेल बताउँछन्। वनसँग सम्बन्धित काम गर्ने कार्यालय अन्य काममा अल्मलिने र स्थानीय तहको चासो कम हुँदा वन हुँदै बस्ती पस्ने आगलागीका कारण ठूलो क्षतिको सम्भावना छ।

“हामी उद्यममा अल्झिएका छौँ, प्रदेश मातहत चल्ने भएपछि वनभन्दा अन्य कामको लोड कार्यालयमा छ,” डिभिजन वन अधिकृत मुकुन्द अधिकारीले भने, “स्थानीय तह र हामीबीच वनको अधिकार क्षेत्रका विषयमा रहेको विमतिले पनि समस्या पैदा भइरहेका छन्।”

कार्यालय सामुदायिक वनका लागि डढेलो नियन्त्रणका लागि सामग्री उपलब्ध गराउने तयारीमा छ। कार्यालयले दिने सामग्रीको प्रयोग विधि तथा ज्ञानको अभाव र भूगोलका कारण स्थानीयवासीलाई आगो नियन्त्रणमा समस्या हुने गरेको छ। बागलुङमा ५२६ सामुदायिक वन छन्। बत्तीस हजार ९८६ हेक्टरमा फैलिएको वन क्षेत्रमा मुख्य गरी १० प्रकारका वन्यजन्तु र सात प्रकारका पक्षी पाइने गरेको तथ्याङ्क वन कार्यालयसँग छ।

रासस

" /> बलेवा।

"> आगलागी नियन्त्रण गर्ने छुट्टै योजना छैन: Dekhapadhi
आगलागी नियन्त्रण गर्ने छुट्टै योजना छैन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्