"> युवालाई नेतृत्व विकास सेमिनार (भिडिओ रिपोर्ट): Dekhapadhi
युवालाई नेतृत्व विकास सेमिनार (भिडिओ रिपोर्ट)
काठमाडौं। युवाको नेतृत्व विकास तथा वाक कलासम्बन्धी सेमिनार आज काठमाडौंको थपाथलीमा गरिएको छ। थापाथलीस्थित ब्रिटिस कलेजमा आयोजित सेमिनारमा सहभागीलाई विभिन्न विधाका सीप सिकाइएको छ।

माइक फर युथ, शिवम ट्रेनिङ तथा इभेन्ट प्रालिले सेमिनारको आयोजना गरेको हो। व्यक्तिको दैनिक जीवनमा उपयोगी हुने सीप, विद्यार्थीले कलेजमा गर्नुपर्ने ‘प्रिजेन्टेशन’ तथा जागिरेलाई व्यावसायिक क्षेत्रमा आवश्यक पर्ने सबै सीपबारे प्रशिक्षकहरूले प्रशिक्षण दिएका हुन्।

सेमिनारमा सहभागीहरूको प्रमुख उद्देश्य नै आफू कसरी अरूभन्दा सफल बन्न सकिन्छ भन्नेबारे सिक्ने नै थियो। सेमिनारमा प्रशिक्षकबाट पाएको जानकारी जीवनमा निकै लाभदायी हुने सहभागीले बताए। सेमिनारमा ८० जनाको सहभागिता थियो।

मानसी अग्रवाल, सौरभ लोहनी, अमीत अग्रवाल र स्मृति प्रधानले सहभागीलाई नेतृत्व, भाषण कला, प्रभावकारी सञ्चार तथा ‘प्रिजेन्टेसन’सम्बन्धी प्रशिक्षण दिएको माइक फर युथका प्रोजेक्टर लिडर नुपुर बन्सालले जानकारी दिइन्। सेमिनारमा मानसीले पब्लिक स्पिकिङ ट्रेनिङ, सौरभ लोहनीले प्रिजेन्टेशन स्किल, अमीत अग्रवालले जागिर रणनीति तथा स्मृति प्रधानले व्यवसायबारे प्रशिक्षण दिएका थिए।

सन् २०१७ को जुनमा स्थापना भएको माइक फर युथ संस्थाले प्रत्येक ४५ दिनमा युवाको ‘करियर’ र उनीहरूले प्राप्त गर्नुपर्ने अवसर जस्ता विषयमा सेमिनार, गोष्ठी लगायतका कार्यक्रम आयोजना गर्दै आइरहेको प्रोजेक्टर लिडर बन्सालले बताइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्