प्रधानमन्त्रीद्वारा शोक व्यक्त
<p>काठमाडाै‌। प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना कम्युनिष्ट नेता तथा न्यायकर्मी जनकमान श्रेष्ठको निधनको खबरले आफूलाई अत्यन्त दुःखी तुल्याएको बताएका छन्।</p>
<p>दिवंगत श्रेष्ठप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै प्रधानमन्त्रीले शोकाकुल परिवारजन, आफन्त र शुभचिन्तकमा समवेदना व्यक्त गरेका छन्।</p>
<p>प्रधानमन्त्री ओलीले आज शोक सन्देश जारी गर्दै श्रेष्ठकाे निधनबाट देशले विकासप्रेमी अभियन्ता र कुशल न्यायकर्मी गुमाएको बताए। सन्देशमा सानै उमेरमा कम्युनिष्ट राजनीतिमा लागेर काठमाडौं नगरपालिकाको पहिलो निर्वाचित प्रमुख (मेयर) बनेका श्रेष्ठले न्याय क्षेत्रमा समेत ख्याति कमाएकाे बताएका छन्। ९२ वर्षीय श्रेष्ठको २७ मंसीरमा निधन भएको थियो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्