काठमाडौं। योगेश गुरुङ र दीपक राईको गोलमा मछिन्द्रले आज ब्रिगेड ब्वाइज क्लबलाई २–० ले हराउँदै शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी शुरूआत गरेको छ।
जितसँगै मछिन्द्रले ३ अंक जोडेको छ। तथापि अघिल्लो सिजन लिगको पुछारबाट दोस्रो स्थानमा रहेका कारण मछिन्द्रको १ अंक घट्नेछ। गत सिजन रेलिगेशनको प्रावधान हटाएकाले एन्फाले अन्तिममा रहने दुई टीमको क्रमशः २ र १ अंक घटाउने निर्णय गरेको थियो।
मछिन्द्रले यस सिजन भने खेलाडीमा ठूलो रकम खर्च गरेको छ। गत सिजन लिग जित्दाको टोली मनाङ मर्स्याङदीका कप्तान विराज महर्जन, सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, हेमन गुरुङ र अभिषेक रिजाल गरी ६ खेलाडी मछिन्द्रले भित्र्याएको छ। ८ खेलाडी त अहिलेको राष्ट्रिय टोलीमा समावेश छन्।
क्बलले अनुबन्ध गरेको तीन विदेशी खेलाडीले विगतमा राम्रो प्रभाव छाडेका थिए। त्यसैले कागजमा हेर्ने हो भने मछिन्द्र नयाँ सिजन सबभन्दा बलियो क्लब हो। तर, पहिलो खेलमा मछिन्द्रले कुनै पनि विदेशी खेलाडीलाई टोलीमा समावेश गरेकाे थिएन।
३०औं मिनेटमा विशाल राईको फ्रिकिक क्रसबारमा लागेर फर्किएको थियो। रिबाउन्डमा प्राप्त बललाई कसैको निगरानीमा नरहेका योगेश गुरुङले हेडमार्फत् पोष्टको दिशा दिएका थिए। ब्रिगेड ब्वाइजका रक्षकले फाउल गरेपछि मछिन्द्रले पेनाल्टी अवसर पाएको थियो।
मछिन्द्रले ५०औं दीपक राईको गोलमा अग्रता दोब्बर बनायो। दीपकले विपक्षी तीन रक्षकलाई छलाएर गरेको प्रहारमा बिग्रेड ब्वाइजका गोलपिकर विशाल सुनार मुकदर्शक बनेका थिए।
त्यसअघि ४४औं मिनेटमा मछिन्द्रका दीपकले अग्रता दोब्बर बनाउने राम्रो मौका गुमाएका थिए। अभिषेक रिजालकाे पासमा दीपकले विपक्षी गोलकिपर अगाडि बढेको मौका छोपेर गरेको ‘फ्लिक’ सफल हुन सकेको थिएन। तर, दोस्रो हाफमा भने उनले गल्ती गरेनन्।
१९औं मिनेटमा रञ्जित धिमालको फ्रिकिक बारमा लागेर फर्किएपछि मछिन्द्रले अग्रता लिने मौका गुमायो। बिग्रेड ब्वाइजका कप्तान अनिल गुरुङले हेमन्त गुरुङलाई फाउल गरेपछि मछिन्द्रले फ्रिकिकको अवसर पाएको थियो। तर, रञ्जित अभागी बनेका थिए। अभिषेक रिजालले ७०औं मिनेटमा रञ्जितको क्रममा गरेको हेड आकासिएको थियो। लगत्तै दीपकले पनि राम्रो अवसर खेर फाले।
युवा खेलाडीको वर्चश्व रहेको ब्रिगेडमा भने अझै पनि अनुभवको कमी देखिन्थ्यो। बिग्रेड ब्वाइजमा अधिकांश खेलाडी यु–१९ टोलीका थिए। क्लबले अनुभवी अनिल, विजय गुरुङलाई टोलीमा समावेश गरेको थियो। पहिलो खेलमा अनिलले प्रभाव जमाउन सकेनन् भने विजयले ८० मिनेट मात्र मैदानमा बिताए।
ब्रिगेड ब्वाइजले पहिलो हाफको शुरूमै पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेको थिएन। ७६औं मिनेटमा ब्रिगेड ब्वाइजका कप्तान अनिलले पेनाल्टी बक्सबाट हानेको प्रहार थोरैले मात्र बाहिरिएको थियो। खेल सकिन दुई मिनेट बाँकी रहँदा अनिलको पासमा जय गुरुङले हानेको प्रहार मछिन्द्रका गोलकिपर विशाल राईले मुस्किलले बचाएका थिए।
" /> काठमाडौं। योगेश गुरुङ र दीपक राईको गोलमा मछिन्द्रले आज ब्रिगेड ब्वाइज क्लबलाई २–० ले हराउँदै शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी शुरूआत गरेको छ।

">