काठमाडौं। इटली सरकारले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड एस्ट्राजेनेका खोप अस्ट्रेलिया पठाउन रोकेको छ ।
सो निर्णयले इटलीस्थित एस्ट्राजेनेकाको कम्पनीमा निर्मित दुई लाख ५० हजार खोप पठाइने योजना प्रभावित बनेको छ । युरोपेली संघ (ईयू) को नयाँ नियम प्रयोग गर्दै कदम चाल्ने इटली पहिलो युरोपेली देश बनेको छ।
सो नियममा यदि कम्पनीले ईयूलाई दिने वाचा गरेअनुसार खोप उपलब्ध गराउन नसकेमा उसका उत्पादन निर्यात गर्न रोक्न सकिने प्रावधान छ। अस्ट्रेलियाले एउटा खेप आफूले पाउन नसक्दैमा खोप अभियान प्रभावित नहुने बताएको छ।
इटलीको कदममा युरोपेली आयोगको साथ रहेको बताइएको छ । एस्ट्राजेनेका यो वर्षको पहिलो तीन महिनामा दिने सम्झौता भएको ४० प्रतिशत खोप सदस्य राष्ट्रहरूलाई उपलब्ध गराउने चरणमा छ।
जनवरीमा इटलीका तत्कालीन प्रधानमन्त्रीले एस्ट्राजेनेका र फाइजर दुवैले खोप आपूर्तिमा गरेको ढिलाइ अस्वीकार्य भएको बताउँदै कम्पनीहरूमाथि करार उल्लंघन गरेको आरोप लगाएका थिए।
खोप अभियानमा भइरहेको ढिलाइलाई लिएर ईयूको व्यापक आलोचना भइरहेको छ। गत वर्षको जुनमा स्थापित ईयू खोप योजनाअन्तर्गत उसले सदस्य राष्ट्रहरूको तर्फबाट खोप खरिद गर्ने सम्झौता गरेको थियो।
अस्ट्रेलियाले गत सातादेखि फाइजर÷बायोएनटेक प्रयोग गर्दै खोप अभियान सुरु गरेको छ। एस्ट्राजेनेका खोप शुक्रवारदेखि लगाउने तयारी रहेको थियो ।