मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले ३ अंक लिन पाएको खुशी व्यक्त गरे। “पहिलो खेलमा सधैं दबाब हुन्छ। पहिलो खेलमा केही कमी कमजोरी भएका छन्। त्यसलाई आगामी खेलमा सुधार गर्नेछौं”, उनले भने।
प्रशिक्षक कटवालले स्टार खेलाडी धेरै हुँदा टीमभित्र एकआपसमा प्रतिस्पर्धा हुने भएकाले प्रदर्शनमा सुधार आउने बताए। उनले थपे, “स्टार खेलाडी धेरै हुँदा दबाब त हुन्छ। तर, प्लेइङ ११ मा पर्न खेलाडीबीच प्रतिस्पर्धा हुने हुँदा टीमको प्रदर्शनमा अझ निखार आउँछ।”
गत सिजन लिग जित्दाको टोली मनाङ मस्र्याङदीका कप्तान विराज महर्जन, सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, हेमन गुरुङ र अभिषेक रिजाल गरी ६ खेलाडी मछिन्द्रले भित्र्याएको छ। मछिन्द्रका ८ खेलाडी अहिलेको राष्ट्रिय टोलीमा समावेश छन्। त्यस्तै तीन विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ। तथापि मछिन्द्रले आज कुनै पनि विदेशी खेलाडीलाई टोलीमा समावेश गरेको थिएन।
“दक्षिण एशियाली खेलकुदका कारण श्रम प्रक्रिया पूरा गर्न ढिलाइ भयो, त्यसकारण आज विदेशी खेलाडी टोलीमा नराखिएको हो। अर्को खेलमा श्रम प्रक्रिया पूरा हुने विश्वास छ,” कटवाल भन्छन्।
‘टोलीको प्रदर्शनबाट सन्तुष्ट’
बिग्रेड ब्वाइजका प्रशिक्षक खगेन्द्र पुनले टोलीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए। “खेलमा हारजित हुन्छ। तर, अहिले मछिन्द्र बलियो क्लब हो। मछिन्द्र जस्तो टोलीसँग हाम्रो खेलाडीले जुन प्रदर्शन गरे, त्यसबाट म खुशी छु,” पुन भन्छन्, “हामीले अवसर बनाएका थियौं तर गोल गर्न सकेनौं। एक गोल निस्केको भए नतिजा अर्कै हुन पनि सक्थ्यो।”
बिग्रेड ब्वाइजले गत सिजन एन्फा एकेडेमी यु–१९ टोलीका अधिकांश खेलाडी अनुबन्ध गरेको थियो। अहिले पनि टीममा धेरै खेलाडी त्यही छन्। गत सिजन अनुभवको कमी भएको भन्दै बिग्रेड ब्वाइजले यस सिजन अनिल गुरुङ, विजय गुरुङ र उत्तम गुरुङ जस्ता अनुभवी खेलाडी अनुबन्ध गरेको छ।
आज मछिन्द्रविरुद्ध विजय र अनिलले पहिलो रोजाइमा स्थान बनाएका थिए। अनिलले ९० मिनेट नै खेले पनि विजय भने ८१ मिनेट मैदानमा रहे। अनिलले ७६औं मिनेटमा हानेको प्रहार थोरैले मात्र बाहिरिएको थियो। त्यसबाहेक अनिलले आफ्नो प्रभाव जमाउन सकेनन्।
“युवा खेलाडी मात्र भए भनेर हामीले अनुभवी खेलाडीलाई अनुबन्ध गरेका थियौं, उनीहरूको खेलबाट सन्तुष्ट छु”, प्रशिक्षक पुनले भने।
" />मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले ३ अंक लिन पाएको खुशी व्यक्त गरे। “पहिलो खेलमा सधैं दबाब हुन्छ। पहिलो खेलमा केही कमी कमजोरी भएका छन्। त्यसलाई आगामी खेलमा सुधार गर्नेछौं”, उनले भने।

">