भरतपुर। चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ। भरतपुर महानगरपालिका-१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो।
आगलागीबाट करिब ४५ लाख रुपैयाँ बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। विद्युत् चुहावट भएर आगलागी भएको उनले बताए।
राति ११:१० बजे लागेको आगो १२:३५ मा नियन्त्रणमा आएको थियो। भरतपुर महानगरपालिकाको दुई र खैरहनी नगरपालिकाको एक दमकलसँगै स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका छन्। रासस
" /> भरतपुर। चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ। भरतपुर महानगरपालिका-१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो।आगलागीबाट करिब ४५ लाख रुपैयाँ बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। विद्युत् चुहावट भएर आगलागी भएको उनले बताए।
राति ११:१० बजे लागेको आगो १२:३५ मा नियन्त्रणमा आएको थियो। भरतपुर महानगरपालिकाको दुई र खैरहनी नगरपालिकाको एक दमकलसँगै स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका छन्। रासस
">