टोकियो। जापानको राजधानी टोकियो क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको छ। प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको शुक्रबार घोषणा गरेका हुन्।
कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले सङ्कटकालको अवधि थप्नुपरेको उनको भनाइ छ। सङ्कटकाल आगामी मार्च २१ तारिखसम्मका लागि थप गरिएको प्रधानमन्त्री सुगाले जानकारी दिए। राजधानी टोकियोसँगै आसपासका कनगवा, चिबा र सैताममा पनि सङ्कटकाल लम्बिने उनले बताए।
कोरोना महामारी व्यवस्थापनका लागि सरकारले गठन गरेको ‘टास्क फोर्स’सँगको परामर्शका आधारमा उनले सङ्कटकाल लम्ब्याउने निर्णय गरेका हुन्। प्रधानमन्त्री सुगाले सङ्कटकालको म्याद अहिले दोस्रो पटक थपेका हुन्। उनले गत जनवरीमा सङ्कटकालको घोषणा गरेका थिए।
उनले कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्यामा कमी नआएकाले उच्च सतर्कता अपनाउन र हेलचक्र्याइ नगर्न पनि सबैलाई आह्वान गरेका छन्।
स्वास्थ्यविज्ञ तथा स्थानीय सरकारी अधिकारीहरुले पनि महामारी अझ बढी फैलिने खतरा रहेकाले सङ्कटकाल लम्ब्याउनुपर्नेमा जोड दिँदै आएका थिए।
सङ्कटकाल लागू गरिए पनि केही कुराहरूमा भने लचकता अपनाइएको अधिकारीहरुले जानकारी दिएका छन्। बार तथा रेस्टुरेन्टहरु केही समय खोल्न पाइने, तर आधारभूत सतर्कता भने अपनाउनुपर्ने सर्त राखिएको छ। भेला हुने तथा भीडभाड हुने गतिविधि गर्न भने पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
जापानको राजधानी टोकियोमा मात्रै शुक्रबार पनि थप तीन सय एक जना सङ्क्रमित भएका छन्। योसँगै टोकियोमा मात्रै कूल सङ्क्रमितको सङ्ख्या एक लाख १२ हजार नाै सय २५ पुगेको अधिकारीहरूले जानकारी दिएका छन्।
पछिल्लो २४ घण्टामा देशभरि एक हजार एक सय ८० जना नयाँ सङ्क्रमित थपिएका छन्। यससँगै कूल सङ्क्रमितको सङ्ख्या चार लाख ३७ हजार आठ सय ६१ पुगेको छ।
कोरोनाभाइरसका कारण जापानमा अहिलेसम्म आठ हजार दुई सय ११ जनाको मृत्यु भएको छ। ती मध्ये ५५ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो। रासस/सिन्ह्वा
" /> टोकियो। जापानको राजधानी टोकियो क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको छ। प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको शुक्रबार घोषणा गरेका हुन्।कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले सङ्कटकालको अवधि थप्नुपरेको उनको भनाइ छ। सङ्कटकाल आगामी मार्च २१ तारिखसम्मका लागि थप गरिएको प्रधानमन्त्री सुगाले जानकारी दिए। राजधानी टोकियोसँगै आसपासका कनगवा, चिबा र सैताममा पनि सङ्कटकाल लम्बिने उनले बताए।

">