बक्सिङका स्वर्ण पदक विजेतालाई थप चार लाख
काठमाडाैं। १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडीले थप चार लाख रूपैयाँ पुरस्कार पाउने भएका छन्।

यो उनीहरूले सरकारबाट पाउने ९ लाख रूपैयाँभन्दा बाहेकको पुरस्कार रकम हो। सागमा नेपालका एक महिला तथा दुई पुरुष बक्सरले स्वर्ण पदक जितेका थिए।

नेपाल बक्सिङ संघ अध्यक्ष राम अवालेले एक लाख ५० हजार रूपैयाँ, नेपाल बक्सिङ संघका मुख्य प्रशिक्षक प्रकाश थापामगरले एक लाख, नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले रु एक लाख तथा नेपाल बक्सिङ संघका पूर्वअध्यक्ष विष्णुगोपाल श्रेष्ठले जनही ५० हजार रूपैयाँ प्रदान गर्ने घोषणा गरेका छन्।

यस्तै पूर्वबक्सिङ खेलाडी एवं राखेपका केन्द्रीय सदस्य राजेश गुरुङले स्वर्ण पदक प्राप्त बक्सिङ खेलाडीलाई एक/एक तोला सुन प्रदान गर्ने बक्सिङ प्रशिक्षक डम्मरदत्त भट्टले जानकारी दिए।  १३औं सागमा ६४ किलो तौल समूहमा भूपेन्द्र थापामगर, महिलातर्फ ५४ किलो तौल समूहमा मिनु गुरुङ तथा ६० किलो तौल समूहमा सनिल शाहीले स्वर्ण पदक जितेका थिए।

नेपालले सन् १९९९ मा आठौँ सागमा बक्सिङमा दुई स्वर्ण, पाँच रजत र दुई कांस्य गरी ९ पदक प्राप्त गरेको थियो। आफ्नो प्रदर्शनमा सुधार गर्दै नेपालले १३औँ सागमा बक्सिङमा तीन स्वर्ण, ६ रजत तथा ६ कांस्य गरी १५ पदक प्राप्त गर्न सफल भएको प्रशिक्षक भट्टले बताए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्