काठमाडौं। सारा संसार कोरोनाबाट प्रताडित भइरहँदा विशाल मुलुक चीन भने व्यापार–व्यवसाय वृद्धि गर्दै अर्थतन्त्रमा चामत्कारिक ढंगमा अघि बढिरहेको छ।
आइतबार कस्टम विभागले जारी गरेको आँकडाअनुसार त्यस देशले निर्यातमा अघिल्लो वर्षको जनवर–फेबु्रअरीको तुलनामा ६०.६ प्रतिशतको वृद्धि गरेको हो।
चीनको आयातमा पनि बढोत्तरी भएको छ। सोही अवधिमा त्यो देशले २२.२ प्रतिशत वृद्धि दर्ता गरेको छ। यो आँकडा अघिल्लो वर्षको तुलनामा निकै बढी हो।
व्यापारको दृष्टिमा भने अन्य मुलुकमा जस्तै चीनमा पनि सन् २०२० को सोचेजस्तो हुन सकेन। चीनले अमेरिका, भारत, अस्ट्रेलियाजस्ता देशसँग चिसिएको सम्बन्धका कारण व्यापारमा उल्लेखनीय प्रगति गर्न सकेन। अर्कोतिर कोरोनाको मारबाट त्यो मुलुक पनि अछुतो रहन सकेन।
समाचार एजेन्सी रोयटर्सको एक रिपोर्टमा विश्लेषकहरुको अनुमानअनुसार चीनको निर्यात अघिल्लो वर्षको तुलनामा करिब ३९ प्रतिशत वृद्धि हुने उल्लेख छ।
सोही रिपोर्टमा आयात भने १५ प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको छ। तर, चीनको व्यापारमा अनुमानभन्दा बढी सुधार भएको देखिएको छ।
चीनले बितेको दुई महिनामा १०३.५ बिलियन डलरभन्दा बढीका व्यापार गरेको छ। विश्लेषकहरुले भने डिसेम्बरमा व्यापारमा गिरावट आउने अनुमान गरेका थिए।
चीन विगत केही दशकदेखि नै औद्योगिक मुलुक बन्ने दौडमा छ। त्यहाँ उत्पादित वस्तुको बजारले संसारभर फैलिने मौका पाएको छ।
उत्पादनमुखी उद्योग र निर्यातमा चामत्कारिक उन्नति गरेकै कारण चीनलाई विश्वकै ठूलो अर्थतन्त्र बन्ने दिशामा जान सहज बनेको छ। (बीबीसीको सहयोगमा)