काठमाडौं। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित ६ किलो भन्ने स्थानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।
दोलखाको कालिन्चोक भगवती मन्दिरको दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बस लामोसाघु–जिरी सडक खण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
बा.४ ख ४४६८ नम्बरको रिजर्भ बस सडकबाट करीब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ८ महिला, ३ पुरुष, १ बालिका र २ बालकसहित १४ जनाको मृत्यु भएको हो। सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनका अनुसार १२ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो। मृतकहरुको सनाखत भइसकेको छैन।
सिन्धुपाल्चोक र काभ्रेका विभिन्न अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ। बस रिर्जभ गरेरै दोलखाको कालिन्चोक लगिएको थियो। बिहान करीब ८ बजे ६ किलोको मोडमा बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
" /> काठमाडौं। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित ६ किलो भन्ने स्थानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।दोलखाको कालिन्चोक भगवती मन्दिरको दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बस लामोसाघु–जिरी सडक खण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

">