काठमाडौं। बुरुन्डीले भीडभाडयुक्त जेलहरूलाई खाली गरी जेललाई व्यवस्थित गर्ने योजना अघि सार्दै जेलमा रहेका हरेक पाँचमध्ये दुई कैँदीलाई जेलमुक्त गर्ने निर्णय गरेको छ ।
कैदीहरूको सजाय माफीका लागि राष्ट्रपतिले दिएको निर्देशन बमोजिम कम्तीमा पाँच हजार दुई सय २५ कैदीलाई जेलमुक्त गर्न लागिएको राष्ट्रपतिको निर्देशन पत्रमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था ‘क्रिश्चियन्स फर एबोलिसन फर टर्चर’को बुरुन्डियाली शाखाको अनुमान अनुसार बुरूण्डीमा १३ हजार दुई सय कैदीहरू रहेका छन् र राष्ट्रपतिको आममाफीको निर्देशनबाट यसको ४० प्रतिशत कैदी प्रत्रिया पुर्‍याएर जेलमुक्त हुनेछन् ।
पूर्वी अफ्रिकी यस मुलुकमा जेलहरुको क्षमता चार हजार एक सय कैँदी राख्न मिल्ने रहेको छ । प्रस्तावित निर्देशनमा राष्ट्रपति इभारिस्त एनडेसिमियाले भनेका छन्, “सरकारले कैँदलाई भीडभाडमुक्त गराउनका लागि ल्याएको प्रस्तावप्रति राष्ट्रपतिका रूपमा आफू सहमत बनेको र यस्ता किसिमका विशेष उपायले जेलमा अत्यधिक भीड हुने अवस्थालाई हल गर्नेछ ।”
राष्ट्रपतिको निर्देशनमार्फत् कैद मिनाह गर्न लागिएका कैँदीहरूमा सशस्त्र समूहमा सहभागी भई जेल परेका र देशको सुरक्षामा खतरा नरहेका पाँच वर्षभन्दा बढी कैँद बिताइसकेका समेत रहेका छन् ।
आममाफीमार्फत् कैँद मिनाहको निर्णय बुरूण्डीका जेलहरूको भीडलाई नियन्त्रण गर्न उपयुक्त निर्णय भएको भन्दै बुरूण्डीका निर्वासन जीवन बिताइरहेका नागरिक समाजका एक अगुवा नेताले कदमको स्वागत गरेका छन् ।
गत वर्ष पियरे एनकुरिन्जजाको उत्तराधिकारीका रूपमा आएका राष्ट्रपतिको निर्णयलाई त्यहाँको प्रतिपक्षी दलले पनि स्वागत गरेको सरकारी दावी छ ।
" /> काठमाडौं। बुरुन्डीले भीडभाडयुक्त जेलहरूलाई खाली गरी जेललाई व्यवस्थित गर्ने योजना अघि सार्दै जेलमा रहेका हरेक पाँचमध्ये दुई कैँदीलाई जेलमुक्त गर्ने निर्णय गरेको छ ।
कैदीहरूको सजाय माफीका लागि राष्ट्रपतिले दिएको निर्देशन बमोजिम कम्तीमा पाँच हजार दुई सय २५ कैदीलाई जेलमुक्त गर्न लागिएको राष्ट्रपतिको निर्देशन पत्रमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था ‘क्रिश्चियन्स फर एबोलिसन फर टर्चर’को बुरुन्डियाली शाखाको अनुमान अनुसार बुरूण्डीमा १३ हजार दुई सय कैदीहरू रहेका छन् र राष्ट्रपतिको आममाफीको निर्देशनबाट यसको ४० प्रतिशत कैदी प्रत्रिया पुर्‍याएर जेलमुक्त हुनेछन् ।
पूर्वी अफ्रिकी यस मुलुकमा जेलहरुको क्षमता चार हजार एक सय कैँदी राख्न मिल्ने रहेको छ । प्रस्तावित निर्देशनमा राष्ट्रपति इभारिस्त एनडेसिमियाले भनेका छन्, “सरकारले कैँदलाई भीडभाडमुक्त गराउनका लागि ल्याएको प्रस्तावप्रति राष्ट्रपतिका रूपमा आफू सहमत बनेको र यस्ता किसिमका विशेष उपायले जेलमा अत्यधिक भीड हुने अवस्थालाई हल गर्नेछ ।”
राष्ट्रपतिको निर्देशनमार्फत् कैद मिनाह गर्न लागिएका कैँदीहरूमा सशस्त्र समूहमा सहभागी भई जेल परेका र देशको सुरक्षामा खतरा नरहेका पाँच वर्षभन्दा बढी कैँद बिताइसकेका समेत रहेका छन् ।
आममाफीमार्फत् कैँद मिनाहको निर्णय बुरूण्डीका जेलहरूको भीडलाई नियन्त्रण गर्न उपयुक्त निर्णय भएको भन्दै बुरूण्डीका निर्वासन जीवन बिताइरहेका नागरिक समाजका एक अगुवा नेताले कदमको स्वागत गरेका छन् ।
गत वर्ष पियरे एनकुरिन्जजाको उत्तराधिकारीका रूपमा आएका राष्ट्रपतिको निर्णयलाई त्यहाँको प्रतिपक्षी दलले पनि स्वागत गरेको सरकारी दावी छ ।
"> जेल व्यवस्थापनका लागि बुरूण्डीमा ४० प्रतिशत कैँदी जेलमुक्त: Dekhapadhi बुरुन्डीले भीडभाडयुक्त जेलहरूलाई खाली गरी जेललाई व्यवस्थित गर्ने योजना अघि सार्दै जेलमा रहेका हरेक पाँचमध्ये दुई कैँदीलाई जेलमुक्त गर्ने निर्णय गरेको छ ।  ">
जेल व्यवस्थापनका लागि बुरूण्डीमा ४० प्रतिशत कैँदी जेलमुक्त
काठमाडौं। बुरुन्डीले भीडभाडयुक्त जेलहरूलाई खाली गरी जेललाई व्यवस्थित गर्ने योजना अघि सार्दै जेलमा रहेका हरेक पाँचमध्ये दुई कैँदीलाई जेलमुक्त गर्ने निर्णय गरेको छ ।
कैदीहरूको सजाय माफीका लागि राष्ट्रपतिले दिएको निर्देशन बमोजिम कम्तीमा पाँच हजार दुई सय २५ कैदीलाई जेलमुक्त गर्न लागिएको राष्ट्रपतिको निर्देशन पत्रमा उल्लेख छ ।
पूर्वी अफ्रिकी यस मुलुकमा जेलहरुको क्षमता चार हजार एक सय कैँदी राख्न मिल्ने रहेको छ । प्रस्तावित निर्देशनमा राष्ट्रपति इभारिस्त एनडेसिमियाले भनेका छन्, “सरकारले कैँदलाई भीडभाडमुक्त गराउनका लागि ल्याएको प्रस्तावप्रति राष्ट्रपतिका रूपमा आफू सहमत बनेको र यस्ता किसिमका विशेष उपायले जेलमा अत्यधिक भीड हुने अवस्थालाई हल गर्नेछ ।”
राष्ट्रपतिको निर्देशनमार्फत् कैद मिनाह गर्न लागिएका कैँदीहरूमा सशस्त्र समूहमा सहभागी भई जेल परेका र देशको सुरक्षामा खतरा नरहेका पाँच वर्षभन्दा बढी कैँद बिताइसकेका समेत रहेका छन् ।
आममाफीमार्फत् कैँद मिनाहको निर्णय बुरूण्डीका जेलहरूको भीडलाई नियन्त्रण गर्न उपयुक्त निर्णय भएको भन्दै बुरूण्डीका निर्वासन जीवन बिताइरहेका नागरिक समाजका एक अगुवा नेताले कदमको स्वागत गरेका छन् ।
गत वर्ष पियरे एनकुरिन्जजाको उत्तराधिकारीका रूपमा आएका राष्ट्रपतिको निर्णयलाई त्यहाँको प्रतिपक्षी दलले पनि स्वागत गरेको सरकारी दावी छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्