काठमाडौं। कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरुले अब बिना मास्क नै भेटघाट गर्न सक्ने भएका छन् ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी) ले खोप पूर्ण लगाइसकेका अमेरिकीहरू केही सामान्य जनजीवनमा फर्किनसक्ने बताएको छ। अब खोप लगाएका र नलगाएकाहरुले समेत भेटघाट गर्न सक्नेछन् ।
खोपको दोस्रो मात्रा लगाएको दुई सातापश्चात् खोप लगाएका मानिसहरू सुरक्षित हुने सीडिसीले उल्लेख गरेको छ । हालसम्म तीन करोड अमेरिकीहरूले खोपको पूर्ण मात्रा लिइसकेका छन्।
स्वास्थ्य अधिकारीहरूले सार्वजनिक गरेको नयाँ मापदण्ड अनुसार घरभित्र पूर्ण खोप लगाइसकेका अन्य व्यक्तिहरूसँग मास्क वा सामाजिक दूरी बिना नै भेटघाट गर्न सक्नेछन् भने कोभिड १९ भएका अरूसँग संसर्ग भएपनि कुनै लक्षण देखा परेन भने परीक्षण वा क्वारन्टीन गर्नु पर्दैन ।
“हामीले अब कोभिड १९ पछिको संसार कस्तो हुन्छ भन्ने तर्फ वर्णन गर्दैछौँ, “वरिष्ठ सल्लाहकार एन्डी स्लाभिटले भने, “धेरै मानिसहरूले खोप लगाउँदै गएपछि यी गतिविधिको सूचीपनि बढ्दै जानेछ ।’’
खोप लगाएकाहरूलाई सार्वजनिक स्थलमा मास्क लगाउन र सामाजिक दूरी कायम गरिराख्न तथा धेरै भिडभाडमा नजान पनि आग्रह गरिएको छ । खोप नलगाएका र कोभिडको जटिलता हुने धेरै जोखिममा रहेकाहरूसँग भेट्दा भने खोप लगाएकाहरूले अझै मास्क लगाउन र दूरी कायम गर्न भनिएको छ।
अमेरिकामा ९ करोड मात्राको खोप दिइसकिएको छ । एकै मात्रा लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोपको स्वीकृतिले पनि वितरण सहज भएको छ। स्वास्थ्य अधिकारीहरूले भने अझै पनि कोभिड–१९ गम्भीर चिन्ताको विषय रहेको बताएका छन् ।
अझै अमेरिकाका ९० प्रतिशत जनसंख्याले खोप लगाउन बाँकी रहेको सीडिसीकी निर्देशक डा.रोसेल वालेन्स्कीले भनिन् । हरेक दिन करिब ६० हजार नयाँ संक्रमित थपिइरहेका छन् ।