काठमाडौं। देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई सिरहा, मोरङ, कास्की र सुनसरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सिरहाको लहान नगरपालिका–१९ ठाँडी चोकबाट नियन्त्रित लागूऔषधसहित २३ वर्षीय गोपाल भन्ने युवराज नेपालीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले १४ एम्पुल फेनारगन, १४ एम्पुल नोर्फिन, १४ एम्पुल डाईजेल्याप, ७५ ट्याब्लेट नाईट्राभेट र २० क्याप्सुल स्पास्पो प्रोक्सिभन बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएर जाँच गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
मोरङको सुन्दरहरैचा नगरपालिका–१० बस्ने केशब तामाङलगायत ५ जनालाई अवैध लागूऔषध सहित सोमबार प्रहरीले पक्राउ गरेको छ।
उनीहरुको साथबाट १० थान डाइजेल्याप, ७ थान लुपिजेसिक, १३ थान एभिल र करिब २ सय ग्राम अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको जनाएको छ।
केशवको घरमा लागूऔषध किनबेच हुने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउस नजिक सडकबाट करिब ४ सय ग्राम अवैध लागूऔषध गाँजासहित धादिङ त्रिपुरासुन्दरी नगरपालिका–६ घर भएका १९ वर्षीय सुरज भण्डारीलाई सोमबारराति प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख ०९१३ नम्बरको हाईस गाडीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा गाडीमा सवार उनलाई लागूऔषध सहित फेला पारी पक्राउ गरको हो।
सुनसरीको धरान उपमहानगरपालिका–८ तिनकुनेबाट नियन्त्रित लागूऔषध ६ सय ६८ ट्याब्लेट ट्रामाडोल र ६ सय ७२ ट्याब्लेट कोलीवन सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका–१५ बस्ने २१ वर्षीय पासाङ तामाङ र सोही ठाउँ बस्ने १९ वर्षीय पारस थापा रहेका छन्। अस्थाई प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।