काठमाडौं। विद्यालय तहका विद्यार्थीहरूको प्रतिभा पहिचान तथा प्रवर्द्धनका लागि यसै वर्ष सञ्चालन हुने आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आज खुलेको छ।
सन् २०१४ देखि सञ्चालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले आवेदन दिन सक्नेछन्।
विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिँदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड जुनियर र सिनियर गरी दुई विधामा आयोजना गरिनेछ। यसअन्तर्गत कक्षा ८-१० सम्मका विद्यार्थीले जुनियरमा आवेदन दिन सक्नेछन् भने ११-१२ का विद्यार्थीले सिनियरमा आवेदन दिन सक्नेछन्।
ओलम्पियाडको पहिलो छनौट परीक्षा प्रादेशिक चरणका रूपमा आगामी चैत्र २८ शनिबार बिहान दिउँसो १२ बजेदेखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा आयोजना गरिनेछ।
“प्रदेश चरणमा गरेको प्रदर्शनका आधारमा दोस्रो चरण (राष्ट्रिय चरण) मा सम्बन्धित प्रदेशका विद्यार्थीहरूलाई सामेल गराइनेछ,” नेपाल एष्ट्रोनोमिकल सोसाईटीले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यसरी दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई तेर्सो तथा अन्तिम चरणमा सहभागी गराइनेछ।”
तेस्रो चरणको मूल्याङ्कनमार्फत् सहभागी विद्यार्थीहरूलाई यो वर्ष सञ्चालन हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिजिक्स ओलम्पियाडहरूको लागि सिफारिस गरिनेछ।
" /> काठमाडौं। विद्यालय तहका विद्यार्थीहरूको प्रतिभा पहिचान तथा प्रवर्द्धनका लागि यसै वर्ष सञ्चालन हुने आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आज खुलेको छ।सन् २०१४ देखि सञ्चालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले आवेदन दिन सक्नेछन्।

">