काठमाडौं। सुबोथ भाटीको आक्रमक ब्याटिङप्रेरित काठमाडौं गोल्डेन्स वारियर्सले आज पोखरा प्रिमियर लिगको पहिलो खेलमा पोखरा पल्टनलाई जितका लागि १ सय १६ रनको लक्ष्य दिएको छ।
भाटीले ४५ रन बनाएपछि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनाएको हो।
भाटीले ४५ रन जोड्नेक्रममा २९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। भाटी भारतीय खेलाडी हुन्।
एक समय काठमाडौं गोल्डेन्स ४५–५ को स्थितीमा थियो। भाटीले छैटौं विकेटका लागि पृथु बास्कोटासँग १५ तथा बसन्त रेग्मीसँग सातौं विकेटका लागि ३८ रनको साझेदारी गरेपछि काठमाडौं गोल्डेन्स सम्मानजनक स्कोरतर्फ लम्किएको थियो।
१६.३ ओभरमा भाटी आउट हुँदा काठमाडौं गोल्डेन्स ९८–७ को स्थितीमा थियो। भाटीबाहेक गौरव तोमारले १३ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
काठमाडौं गोल्डेन्सले पिपिएलको पहिलो सिजन काठमाडौं रोयल्सको नामबाट खेलेको थियो। क्लबको स्वामित्व परिवर्तन भएसँगै यस संस्करणमा काठामाडौं गोल्डेन्स वारियर्स भएको हो।
साविक विजेता पोखरा पल्टनका कुशल मल्ल, ललितनारायण राजबंशी र रशिद खानले समान २ विकेट लिँदा प्रथमेश डाके र सरबजीत लद्धाको नाममा १-१ विकेट रह्यो।
शरद भेषावकरको कप्तानीमा रहेको पोखरा पल्टन गत संस्करणको विजेता टोली हो।
" /> काठमाडौं। सुबोथ भाटीको आक्रमक ब्याटिङप्रेरित काठमाडौं गोल्डेन्स वारियर्सले आज पोखरा प्रिमियर लिगको पहिलो खेलमा पोखरा पल्टनलाई जितका लागि १ सय १६ रनको लक्ष्य दिएको छ।भाटीले ४५ रन बनाएपछि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनाएको हो।

">