काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक शुरू भएको छ।
नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीबाहेकका सबै नेताहरू उपस्थित छन्।
२३ मंसीर धुम्बाराहीमा बसेको सचिवालय बैठकमा पनि अध्यक्ष ओली अनुपस्थित थिए। एपेन्डिसाइटिस भएपछप शल्यक्रिया गरिएका प्रधानमन्त्री ओली आराम गरिरहेका छन्। आज बिहान बालुवाटारमा बसेको सचिवालय बैठकमा भने अध्यक्ष ओली सहभागी थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा हुने कार्यक्रम र बैठकबाहेक अन्य कुनै पनि कार्यक्रममा उनी सहभागी भएका छैनन्।
नेकपाको स्थायी समिति बैठक अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसिरहेको छ। स्थायी समिति बैठकका आजको सचिवालय बैठकले पाँच वटा अजेण्डा तय गरेको थियो।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीसँगको परामर्शमा अध्यक्ष दाहालले तयार पारेको राजनीतिक प्रतिवेदन पेश गरिनेछ।
विधान संशोधन, नेपाल भारतको सीमा समस्या, केन्द्रीय समितिको बैठक र उपनिर्वाचनको समीक्षा गर्ने अजेण्डा पनि सचिवालयले तय गरेको थियो। यी विषयमा पनि स्थायी समिति बैठकमा छलफल हुनेछ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपाको स्थायी समिति बैठक आज एक वर्षपछि दोस्रोपटक बसेको हो। नेकपाको पहिलो स्थायी समितिको बैठक अघिल्लो वर्ष आजकै दिन अर्थात् २९ मंसीर २०७५ मा बसेको थियो।