काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले सामरिक लेखरचनाहरुको संग्रह ‘युनिटी जर्नल’ दोस्रो संस्करणको आज विमोचन गरेका छन्।
‘महाशिवरात्री तथा सेना दिवस–२०७७’ को अवसरमा नेपाली सेनाले दोश्रो पटक प्रकाशन गरेको सामरिक लेख रचनाहरुको संग्रह ‘युनिटी जर्नल’ आज जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच विमोचन गरिएको हो।
वौद्धिक व्यक्तित्वहरुबाट प्राप्त ४० वटामध्ये उत्कृष्ट २९ वटा लेख रचनाहरु समावेश गरी प्रकाशन भएको सो जर्नलमा गौरव भट्टराई, फनिन्द्र सुब्बा र महासेनानी आनन्दसिंह भाटद्वारा लिखित लेख रचनाहरु क्रमशः प्रथम, द्वितीय र तृतीय भएको सेनाले जनाको छ।
लेखका सर्जकहरुलाई प्रधानसेनापति थापाले क्रमशः दुई लाख, एक लाख पचास हजार र एक लाख नगद पुरस्कार, मोमेण्टो तथा कदरपत्र प्रदान गरेका थिए।
विमोचन कार्यक्रममा अन्य २६ वटा लेख तथा रचनाका लेखकहरुलाई रक्षासचिव रश्मीराज पाण्डेबाट नगद पुरस्कार, मोमेण्टो तथा कदरपत्र प्रदान गरिएको थियो।
“दोश्रो पटक आयोजना गरिएको ‘खुला सामरिक लेख रचना प्रतियोगिता–२०७७’ बाट राष्ट्रका वौद्धिक तथा शिक्षित वर्गमा राष्ट्रिय सुरक्षाका विभिन्न आयामहरुमा खोज र अध्ययन गर्ने बानीको विकास भई राष्ट्रप्रेम तथा राष्ट्रिय सुरक्षा सम्बन्धमा चासो तथा चिन्तन वृद्धि हुँदै जाने विश्वास नेपाली सेनाले लिएको छ”, सेनाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।