एजेन्सी। बीबीसीको एक अनुसन्धानले भारतमा खेलकुदका समाचारहरूमा पुरुषको तुलनामा महिलाले कम मिडिया कभरेज पाउने देखाएको छ।
उक्त अनुसन्धानका लागि बीबीसीले २०१७ देखि २०२० सम्मको दुईवटा दैनिक पत्रिकाको अध्ययन गरेको थियो। अनुसन्धानकर्ताहरूले अखबारको पहिलो पृष्ठमा एक प्रतिशतमात्रै महिला खेलाडीसँग जोडिएको समाचार प्रकाशित भएको पाइएको उल्लेख गरेका छन्।
बीबीसीले २०१७ को सुरूआतमा दैनिक अखबारमा प्रकाशित १० वटा खेल समाचारमध्ये एउटा समाचार मात्रै महिला खेलाडीको रहेको पाएको थियो। यद्यपि, २०२० को अन्त्यसम्म यसमा निकै सुधार देखिएको अनुसन्धानमा उल्लेख गरिएको छ।
अनुसन्धानले यस अवधिमा निकै उतारचढाव देखिएको र महिला खेलाडीको कभरेज बढ्नुको पछाडि ओलम्पिक, कमनवेल्थ गेम्स, टेनिस प्रतियोगिता, ब्याड्मिन्टन लिगजस्ता ठूला प्रतियोगिताहरू उत्प्रेरक रहेको देखाएको छ।
कुन खेलको सबैभन्दा धेरै कभरेज?
अनुसन्धानले भारतमा महिला खेलाडीहरूसँग जोडिएको खेलमध्ये टेनिसको सबैभन्दा धेरै कभरेज हुने गरेको देखाएका छ। यसबाहेक ब्याटमिन्टन, एथलेटिक्स र बक्सिङले पनि प्रमुखताका साथ कभरेज पाउने गरेको उल्लेख छ।
स्मराणयोग्य कुरा त के रहेको छ भने एकल खेलाडीहरूले युगल खेलाडीहरू वा टिमको तुलनामा धेरै कभरेज पाएका थिए।
कभरेजको गुण
पुरुष खेलाडीहरूको ठूलठूला तस्बिर खेलकुद पृष्ठमा रहँदा महिला खेलाडीहरूको यस्ता तस्बिर निकै नगन्य रहेको थियो। अनुसन्धानका अनुसार महिला खेलाडीसँग सम्बन्धित समाचारहरूमा फोटो नै नहुने र भए पनि निकै सानो फोटो राखिने पाइएको हो। अखबारमा प्रकाशित लगभग ४० प्रतिशत महिला खेलाडीहरूको समाचारमा तस्बिर प्रकाशित भएको थिएन।
महिला खेलाडीको बारेमा छापिएका खबरहरूको प्रकार बुझ्न अनुसन्धानकर्ताहरूले समाचारलाई इन्टरभ्यु, फोटोफिचर, स्पेसल फिचर र आर्टिकलजस्ता भागमा वर्गीकरण गरेका थिए।
बीबीसीको तीन वर्षको अनुसन्धानका क्रममा नौ पटकमात्रै महिला खेलाडीहरूलाई कभर गरेर एक फोटोफिचर प्रकाशित भएको थियो। यसमा भारतको घरेलु र अन्तर्राष्ट्रिय दुवै खेलाडीहरू रहेका थिए।
यस अनुसन्धानका लागि बीबीसीले ‘टाइम्स अफ इन्डिया’ र ‘हिन्दुस्तान टाइम्स’ मा प्रकाशित सामग्रीहरूको विश्लेषण गरेको थियो। अनुसन्धानका लागि बीबीसीले डिसेम्बर २०१७ देखि अक्टोबर २०२० अर्थात् जम्मा तीन वर्ष समय लिएको थियो।
तस्बीरहरु: जीक्यूइन्डिया डटकम तथा अन्य अनलाइन।
" /> एजेन्सी। बीबीसीको एक अनुसन्धानले भारतमा खेलकुदका समाचारहरूमा पुरुषको तुलनामा महिलाले कम मिडिया कभरेज पाउने देखाएको छ।उक्त अनुसन्धानका लागि बीबीसीले २०१७ देखि २०२० सम्मको दुईवटा दैनिक पत्रिकाको अध्ययन गरेको थियो। अनुसन्धानकर्ताहरूले अखबारको पहिलो पृष्ठमा एक प्रतिशतमात्रै महिला खेलाडीसँग जोडिएको समाचार प्रकाशित भएको पाइएको उल्लेख गरेका छन्।

">