“हामीले त दीपक मरिसके होलान् भन्ने सोचेका थियौं। नेपालका धेरै ठाउँमा उनलाई हामीले खोज्यौं, तर कतै भेटिएनन्,” प्रकाशले टेलिफोनबाट भने।
“त्यतिबेला दार्जिलिङमा गोर्खाल्याण्ड आन्दोलन चलिरहेको थियो। हामीले सोच्यौं- त्यही आन्दोलनमा उनी परे र मृत्यु भयो। यति धेरै वर्षपछि दाई जीवित भएको खबर आउला भन्ने हामीले सोचेका पनि थिएनौं,” प्रकाशले भने।
उता दीपकको जीवन भने कष्टकर रुपमा बितिरहेको थियो। ४० वर्ष पश्चिम बंगालका विभिन्न जेलमा विचाराधिन कैदीको रुपमा उनले जीवन बिताइरहे। चार दशकमा पनि उनीविरुद्ध दायर गरिएको मुद्दाको सुनवाई पूरा भइसकेको छैन।
हिजो (बुधबार) दीपकका सम्बन्धमा कोलकाता उच्च न्यायलयका मुख्य न्यायधीसको बेञ्चले मुद्दाको सुनवाई गर्यो। उनको सम्बन्धमा अर्को सुनावई मार्च १५ मा हुनेछ। रिहा भएपछि दीपक नेपाल फर्कन्छन् वा फर्कदैनन् अदालतले उक्त कुरा तय गर्नुपर्नेछ।
४० वर्षदेखि भारतके विभिन्न जेलमा दिन बिताउँदै आएका दीपकको जीवनको पछिल्ला केही महिनामा नाटकीय घटना भए।
गत वर्ष फेब्रुअरीमा नन्दीग्रामबाट राधेश्याम दास सरुवा भएर दमदम केन्द्रीय कारागार आए। उनलाई माओवादी संगठनसँग आवद्ध भएको आरोपमा १० वर्ष पहिला गिरफ्तार गरिएको थियो। उनी सन् २०१६ मा पनि दमदम जेलमा नै थिए।
राधेश्याम भन्छन्, “गत वर्षको फेव्रुअरीमा जब मलाई दमदम ल्याइयो, तब पहिला देखि परिचित दीपकसँग पुनः भेट भयो। जेलमा जो व्यक्ति मानिसक रुपमा अस्वस्थ हुन्छन् उनीहरुसँग म स्वेच्छाले परिचय गर्छु। यसैगरी दीपकसँग मेरो परिचय भएको थियो। कुरैकुरामा थाहा भयो की दीपक ४० वर्षदेखि जेलमा रहेछन्। तर उनको सम्बन्धमा कुनै सुनवाई भएको रहेनछ।”
जेलबाट जमानतमा छुट्नको लागि राधेश्यामले पश्चिम बंगाल एम्याच्योर रेडियो क्लबसँग सम्पर्क गरे। यो रेडियो सञ्चालकहरुको एउटा संगठन हो।
रेडियो क्लबका सचिव अम्बरीश नाग विश्वासले भने, “राधेश्यामबाट जब एक व्यक्ति विना सुनवाई ४० वर्ष देखि जेलमा रहेको जानकारी पाइयो, हामी त आश्चर्यमा पर्यौं। हामीले जेल कार्यालयसँग सम्पर्क ग¥यौं। उनीहरुले पनि पहिला त विश्वास गरेनन्। पछि सोधपुछ गरेपछि दीपक जोशी तिम्सिना नाम गरेका एक कैदी सन् १९८१ देखि जेलमा रहेको पुष्टी भयो र उनको सुनवाई हुन सकेको थिएन।” ्
अम्बरीश र उनको क्लबका साथीले दीपकसँग भेट्न अनुमति मागे। तर परिवारका सदस्य नभएका कारण केवल हिरक सिन्हालाई मात्र दीपकसँग भेट्न अनुमति दिइयो, किनकी उनी कोलकाता उच्च न्यायलयका वकील समेत थिए।
“दीपक मानसिक रुपमा अस्वस्थ छन् भन्ने मलाई सुरुमा शंका लागेको थियो। किनकी हामीले विभिन्न अदालतबाट उनीसँग सम्बन्धित जति पनि कागजात जम्मा गरेका थियौं, तिनले त्यही संकेत गथ्र्यो। तर उनीसँग कुराकानी गर्दा मलाई उनी कहिल्यै मानसीक रुपमा अस्वस्थ छन् भन्ने लागेन। तर केही पीडा उनमा थियो। मलाई नेपाली भाषा राम्रो आउदैनथ्यो, केही बुभ्mथें। तैपनि उनीसँग मैले कुराकानी गरें। कुराकानीका क्रममा उनले कापी कलम मागेर केही लेखे। देवनागरी लिपीमा उनले लेखेका शब्द अपुरा थिए, जहाँ उनले आफ्नो परिचय लेखेका थिए। उनले गाउँको नाम, आमा बुबाको नाम र स्कुलको नाम लेखेका थिए,” हीरकले भने।
दीपकका सम्बन्धमा जुटाइएका कागजातबाट उनलाई सन् १९८१ मा दार्जिलिङमा एक हत्या सम्बन्धी घटनामा गिरफ्तार गरिएको थाहा भयो।
“नेपालबाट आएपछि उनले दार्जिलिङ्को एक चिया बगानमा काम गरेका थिए। त्यहाँ कुनै एक व्यक्तिले उनलाई जागिर दिने तर बदलामा एक व्यक्तिको हत्या गर्न भनेका थिए। सोही अनुसार दीपकले एक व्यक्तिको हत्या गर्छन् र पक्राउ पनि पर्छन्। त्यसपछि उनी जेलमा बन्द छन्,” अम्बरीशले भने।
दीपकलाई पक्राउ गरेपछि कुनै पनि अदालतमा पेश गरिएन। कहिले बहरमपुर जेल त कहिले अलीपुर जेल, कहिले मनोरोग चिकित्सालय, यसैगरी उनले चार दशक बिताइसके।
अदालतले पटकपटक दीपकको मानसिक स्वास्थ्य जाँच गर्नको लागि आदेश दिएको छ। तर उनको स्वास्थ रिपोर्ट कहिल्यै अदालतमा पेश गरिएको छैन।
यसैबीच रेडियो सञ्चालकहरुको संगठनले दीपकको ठेगाना पत्ता लगाउन कोलकातास्थित नेपाली महाबाणिज्य दूतावासमा सम्पर्क गर्यो। तर उनको ठेगाना पत्ता लगाउन सकिएन।
“नेपालमा जब सन् २०१५ मा विनाशकारी भूकम्प गयो त्यतिबेला केही नेपालीहरुसँग मेरो कुरा भयो। उनीहरुमध्ये एक नेपाली वकिल थिए, सतीश खरेल। मैले खरेललाई दीपकको बारेमा सबै कुरा भने। त्यसपछि दीपकले लेखेको ठेगानाको खोजी सुरु भयो,” अम्बीरशले भने।
खोजी गर्दा पत्ता लाग्यो– दीपक इलाम जिल्लाको चुलाचुली गाउँको एक विद्यालयमा अध्ययन गर्थे। उनीहरु दीपकको गाउँ पुगे।
“दीपकको नाम लिने वित्तिकै उनीहरु (गाउँले)ले उनको मृत्यु भएको बताए। उनका एक भाई भने सोही विद्यालयमा पढाउने रहेछन्। भाई थिए, प्रकाश चन्द्र तिम्सिना। आफ्ना जेठा दाई जीवितै छन् भन्ने सूनेपछि उनी चकित परे। प्रकाशले आमासँग भेटाए। उनीहरु बस्ने ठाउँ दुर्गम पहाडमा थियो,” वकील हीरकले बताए।
उनीहरुले दीपकको आमालाई भेटेपछि सोधे, “दीपक खोई?”
“जब ९० वर्षीय आमा धनमायालाई सोधियो, उनले दीपक मरिसकेको संकेत गरिन्। घरभित्र लगेर उनले देवताको पोस्टरहरु टाँसेको ठाउँबाट एउटा फोटो उठाएर देखाउँदै भनिन्, “यही दीपक जोशी हो,” अम्बरीशले भने।
यो सबै कुरा कोलकाता उच्च न्यायलयलाई जानकारी गराइयो। अदालतमा एक जनहित सम्बन्धी रिट दायर गरियो। मुख्य न्यायधीशको बेञ्चले नेपालको वाणिज्य दूतावासलाई सहयोग गर्न अनुरोध गर्यो। यस घटनामा पश्चिम बंगालको लिगल एड सर्भिसलाई समेत सहभागी गराइयो। लीगल एड सर्भिसले गरीव कैदीहरुलाई कानूनी सहयता प्रदान गर्छ।
जनहितको यस मामिलामा लीगल एड सर्भिसको प्रतिनिधित्व वकील जयन्तनारायण चटर्जीले गरिरहेका छन्।
चटर्जी भन्छन्, “४० वर्षदेखि एक व्यक्तिको सम्बन्धमा सुनवाई भएको छैन, यो कसरी सम्भव भयो! कसको गल्ती हो, यो बुभ्mन सकिरहेको छैन। यो मानवअधिकारको घोर उल्लंघन हो। सुनवाई भएको भए उनलाई सजाय हुनसक्थ्यो, तर निर्दोष साबित भएर उनलाई कुनै कारवाही नहुन पनि त सक्थ्यो। तर एक व्यक्तिले विदेशी जेलमा ४० वर्ष बिताउन पर्यो।”
दीपकका भाई प्रकाश आफ्ना ठूलो दाईलाई भेट्न कोलकाता गएका थिए। “कोलकाता जानु अघि आमाले मलाई फर्कदा ‘दाईको एउटा फोटो लिएर आइज’ भन्नु भएको थियो। तर जेलको नियमको कारण दाईको फोटो खिच्न पाइन। ४२ वर्षपछि दाईलाई देख्खा कस्तो अनुभव भएको थियो, त्यो म शब्दले वयान गर्न सक्दिन,” प्रकाशले सुनाए।
फोन राख्नु अघि प्रकाशले जान्न चाहेका थिए, “दाई रिहा त हुनुहुन्छ नी? चार दशकअघि छोडेको आफ्नो गाउँ फर्कन त पाउनुहुन्छ नी? आफ्नो आमा र परिवारसँग भेट गर्न त पाउनुहुन्छ?”
(बीबीसी)