वासिङ्टन। वरिष्ठ अमेरिकी तथा चिनियाँ अधिकारीहरुबीच अर्को साता प्रत्यक्ष भेटवार्ता हुने भएको छ। अमेरिकी रास्ट्रपति जो बाइडेन रास्ट्रपति भएयता पहिलोपटक अमेरिकी र चिनियाँ उच्च पदाधिकारीबीच भेटवार्ता हुन लागेको हो।
विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु चीन र अमेरिकाबीच केही वर्षदेखि तनावपूर्ण सम्बन्ध रहिआएको छ। अझ पूर्वअमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा दुवै मुलुकबीचको सम्बन्ध निकै खराब स्थितिमा पुगेको थियो।
ह्वाइट हाउस र अमेरिकी विदेश मन्त्रालयले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रास्ट्रिय सुरक्षा सल्लाहकार जेक सुल्लिभान र चीनका वरिष्ठ कूटनीतिक पदाधिकारीहरु स्टेट काउन्सिलर वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुख याङ जेचीबीच अलास्काको एन्कोरेजमा यही मार्च १८ मा भेटघाट गर्नुहुने जानकारी दिएका छन्।
कङ्ग्रेसको बैठकमा बुधबार पहिलोपटक उपस्थित विदेशमन्त्री ब्लिन्केनले सांसदहरुलाई तिब्बत, हङकङ र पश्चिम सिनजियाङ क्षेत्रको मानव अधिकार तथा व्यापारका साथै कोरोनाभाइरस महामारीका विषयमा दुई देशबीच देखिएका असमझदारीलाई लिएर छलफल गर्ने यो राम्रो अवसर हुने बताएका छन्।
साथै, उत्तर कोरिया र यसको आणविक हतियार कार्यक्रमका बारेमा पनि छलफल हुनसक्ने बताइएको छ।
सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै विदेशमन्त्री ब्लिन्केनले इरान, क्युबा, इथियोपिया, रसिया र भेनेजुएला मामिलामा बाइडेन प्रशासनको दृस्टिकोणका बारेमा पनि जानकारी गराएका थिए। उनले यी जल्दाबल्दा अन्तर्रास्ट्रिय तथा अमेरिकी चासोका विषयमा कङ्ग्रेससँग निकट सम्बन्ध र सम्पर्क गर्न बाइडेन प्रशासन सधैं तत्पर रहने बताए।
अलास्कामा चिनियाँ अधिकारीहरुसँगको भेटवार्ता अघि विदेशमन्त्री ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिनले जापानी र दक्षिण कोरियाली समकक्षीहरुसँग टोकियो र सियोलमा भेटवार्ता गर्नु हुनेछ। यी भेटवार्तामा अमेरिका र जापान-दक्षिण कोरियाबीचको परम्परागत सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउन अमेरिकाले पहल गर्नेछ।
रास्ट्रपति जो बाइडेनले यही साता भारत, जापान र अस्ट्रेलियाका प्रधानमन्त्रीहरुसँग हिन्द-प्रशान्त नीतिका बारेमा पनि भर्चुअल छलफल गर्दै छन्।
कङ्ग्रेसको विदेश मामिला समितिमा विदेशमन्त्री ब्लिन्केनले भने, “कुरा एकदमै सरल छ। यो अवसरमा हामी हाम्रा चासोका विषयलाई खुला रुपमा उनीहरु समक्ष राख्नेछौं।”
ह्वाइट हाउसकी प्रेससचिव जेन साकीले यसअघि नै चिनियाँ अधिकारीहरुसँग हाम्रा गहिरो असहमति समेत विविध विषयमा छलफल हुने बताइसकेकी छन्।
अमेरिकी रास्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प रहँदा अमेरिका र चीनबीचको सम्बन्ध निकै नाजुक स्थितिमा पुगेको थियो। ट्रम्प प्रशासनले चीनमाथि उइगुर मुस्लिम, सिनजियाङका अल्पसंख्यक र तिब्बत मामिलामा बहुआयामिक कारबाहीहरु गरेको थियो भने हङकङ, ताइवान र दक्षिण चीन सागरमाथि चीनको हस्तक्षेपलाई लिएर चीनमाथि दबाब दिएको थियो।
तर, जो बाइडेनले ह्वाइट हाउसको प्रशासन सम्हालेयता पनि चीनमाथिका कारबाहीहरु फुकुवा भइसकेका छैनन्। अर्थात् ट्रम्पका अधिकांश नीतिहरुलाई बाइडेन प्रशासनले पनि निरन्तरता दिने सङ्केत देखिएको छ। रासस/एपी
" /> वासिङ्टन। वरिष्ठ अमेरिकी तथा चिनियाँ अधिकारीहरुबीच अर्को साता प्रत्यक्ष भेटवार्ता हुने भएको छ। अमेरिकी रास्ट्रपति जो बाइडेन रास्ट्रपति भएयता पहिलोपटक अमेरिकी र चिनियाँ उच्च पदाधिकारीबीच भेटवार्ता हुन लागेको हो।विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु चीन र अमेरिकाबीच केही वर्षदेखि तनावपूर्ण सम्बन्ध रहिआएको छ। अझ पूर्वअमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा दुवै मुलुकबीचको सम्बन्ध निकै खराब स्थितिमा पुगेको थियो।

">